एआईजी सुशील सिंह राठौरको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा सचेतना कार्यक्रम सम्पन्न
वि.सं.२०८३ असार २२ सोमवार १८:४४
shares

काठमाडौं। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरको प्रमुख आतिथ्यतामा “हाम्रो साझा प्रतिबद्धता : लागुऔषधमुक्त युवा, मानव बेचबिखनमुक्त समाज – सुरक्षित भविष्य, समृद्ध नेपाल” भन्ने मूल नारासहित लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक सेवा केन्द्र गोङ्गबुले संयुक्त रूपमा आयोजना गरेको उक्त सप्ताहव्यापी कार्यक्रमको उद्देश्य युवालाई लागुऔषध दुर्व्यसनबाट जोगाउनु, मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्नु तथा समुदायमा सुरक्षित र सकारात्मक वातावरण निर्माण गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी सुशील सिंह राठौरले अपराधमुक्त, सुरक्षित र सभ्य समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको सहकार्य अत्यन्तै आवश्यक रहेको बताए। उनले लागुऔषध दुर्व्यसन र मानव बेचबिखनजस्ता सामाजिक अपराध नियन्त्रणमा समुदायको सक्रिय सहभागिता, अभिभावकको जिम्मेवारी र युवाको सकारात्मक भूमिका महत्त्वपूर्ण रहने उल्लेख गरे।
कार्यक्रममा प्रहरी अधिकृत, स्थानीय जनप्रतिनिधि,
सामुदायिक सेवा केन्द्रका पदाधिकारी, विद्यार्थी, युवा तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।




















