एआइजी सुशील सिंह राठौरद्वारा जिल्ला प्रहरी परिसर भक्तपुरको निरीक्षण

1.13K
shares

काठमाडौ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौर ले आज जिल्ला प्रहरी परिसर भक्तपुरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गर्नुभएको छ।

निरीक्षणका क्रममा एआईजी राठौरले परिसरको शान्ति सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान, सेवा प्रवाह तथा संगठनको कार्यसम्पादनको अवस्थाबारे जानकारी लिनुका साथै प्रहरी कर्मचारीहरूलाई व्यावसायिक, अनुशासित र जनमैत्री सेवा प्रदान गर्न आवश्यक निर्देशन दिनुभएको थियो।

कार्यक्रममा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुखसहित प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।


divya collage
unigloble collage