प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्बभन्दा बढी रकम जम्मा

156
shares

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत तथा उद्धारका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ मौज्दात रहेको छ । त्यस्तै, दुई वाणिज्य बैंकका खातामा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर रहेको जनाइएको छ ।

बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा व्यवस्थापनका लागि कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उपलब्ध गराइसकिएको छ ।

भोटेकोशीमा बाढी आएपछि सरकारले प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गरेको थियो । त्यसपछि स्वदेश तथा विदेशबाट विभिन्न व्यक्ति, संस्था र निकायमार्फत सहयोग रकम संकलन भई प्रधानमन्त्री राहत कोषमा जम्मा भएको हो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083