प्रधानमन्त्री ओलीको शुभकामना सन्देश : निशान छापको नक्सामा लिम्पियाधुरा गायबभएपछि

16.59K
shares

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दशैँको शुभकामना सन्देश दिँदा प्रयोग भएको निशान छापमा लिम्पियाधुराबिनाको नक्सा गायब भएपछि खैलाबैला मचिएकाे छ ।

शुक्रबार फूलपातीको अवसरमा सार्वजनिक गर्नुभएको उक्त सन्देशसहितको तस्वीरमा सबैभन्दा माथि निशान छाप र त्यसमुनि सन्देश लेखिएको छ । त्यहाँ भनिएको छ, ‘२०७७ सालको बडा दशैंको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।’ र, दायाँ साइडमा नमस्ते गरिरहेको प्रधानमन्त्रीको तस्वीर पनि छ ।

उक्त सन्देशमा प्रयुक्त निशान छापमा पुरानै नक्सा देखिएको छ । यसको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ । जबकि प्रधानमन्त्री ओलीकै निर्देशनमा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा जारी भएको थियो भने त्यसलाई निशानछापमा समावेश गरेर संवैधानिक मान्यता दिन संविधान संशोधन पनि भएको थियो ।

तर भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामन्त गोयल काठमाडौँ आएर प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेकै दुई दिनपछि भने ओलीकै शुभकामना सन्देशमा पुरानै निशान छाप देखिनु अचम्मलाग्दो कुरो भएको भन्दै आलोचना बढेको छ । उक्त सन्देशलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत नै यो सामान्य त्रुटि नभएको भन्दै आलोचना र व्यंग्य गर्नुभएको छ ।

यसपटक पनि सुटुक्क काठमाडाैँ टेकेर बालुवाटारमै प्रधानमन्त्रीलाइ रअ प्रमुखले भेटेपछि त्यसैकाे प्रभावस्वरूप प्रधानमन्त्रीकाे पछिल्लाे शुभकामना सन्देशमा प्रयुक्त निशान छापमा देखिएकाे भन्दै टिप्पणी सुरू भएकाे छ ।


unigloble collage
baneshwor multiple campus ad -2083