सुनिल थापा काँग्रेस सहमहामन्त्रीमा मनोनित
वि.सं.२०७७ कात्तिक २८ शुक्रवार २०:२७
8.06K
shares
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापा नेपाली काँग्रेसको सहमहामन्त्री बनेको छन् ।
शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले थापालाई सह–महामन्त्री बनाउने निर्णय गरेको हो ।
थापासँगै काँग्रेस प्रवेश गरेका अन्य ६ जना नेतालाई काँग्रेसको केन्द्रीय सदस्य र ३ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको एक नेताले जानकारी दिए । साउन १३ गते सानेपामा सुनिल समूह राप्रपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेको थियो ।













