दश वर्षदेखि हुन नसकेको स्ववियुको निर्वाचनको घोषणा यसै हप्ता

Nepal Life Insurance Long Ad

काठमाडौँ  । विगत दश वर्षदेखि हुन नसकेको त्रिभुवन विश्वविद्यालयल त्रिवि स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको तयारी थालिएको छ ।

नवनियुक्त उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले स्ववियु निर्वाचन आफ्नो प्राथमिकता रहेकाले यसको तयारी थालेको बताए । विगत १० वर्षदेखि निर्वाचन हुन नसकेपछि अधिकांश क्याम्पस स्ववियुविहीन भएको छ । क्याम्पसमा विद्यार्थी सङ्गठन चलायमान भए पनि स्ववियुको हैसियतमा काम गर्न पाएका छैनन् ।

उपकुलपति बाँस्कोटाले यही हप्ताभित्र स्ववियु निर्वाचनको घोषणा गर्ने जानकारी दिए । “मेरो प्राथमिकतामा पनि स्ववियु निर्वाचन रहेको छ”, उनले भनिए, “त्रिवि कार्यकारी परिषद्को बैठकबाट चाँडै नै निर्णय गराउँछौँ ।” उनले मिति घोषणा भएको एक हप्ताभित्र कार्यतालिका सार्वजनिक गर्ने बताए।

प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुन सकेको छैन । विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो । २०७३ सालमा करिब २५० क्याम्पसमा निर्वाचन भएको थियो । जसमध्ये त्रिविका उपत्यकासहित ठूला ठूला क्याम्पसमा निर्वाचन हुन सकेको थियो । त्रिविमा ६० आङ्गिक र सम्बन्धन प्राप्त एक हजार ५१ क्याम्पस छन् ।

उपत्यकाभित्रका आरआर क्याम्पस, शिक्षा क्याम्पस, सानोठिमी, भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर, पिपल्स बहुमुखी क्याम्पस, पक्नाजोल, जनप्रशासन क्याम्पस, पुल्चोक इन्जिनीयर क्याम्पस, थापाथली इन्जिनीयरिङ क्याम्पस, महाराजगञ्ज शिक्षण अस्पताल लगायतका क्याम्पसमा भने निर्वाचन भएको थियो ।

विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले स्ववियु निर्वाचनबारे आफूहरुले तयारी गरिरहेको बताउनुभयो । “हामी यस वर्ष जसरी नै निर्वाचन गराउने पक्षमा रहेका छौँ”, उनले भनिए, “निर्वाचनको मिति घोषणा हुनासाथ देशभरिका क्याम्पसलाई निर्वाचन तयारीका लागि पत्राचार गर्नेछौँ ।”

उएले निर्वाचन घोषणा भएपछि विद्यार्थी सङ्गठनसँग छलफल गरेर निर्वाचन हुनुभन्दा एक महिना अगाडि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने बताउनुभयो । २०७२ सालमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रमाणमा स्ववियु निर्वाचन गर्ने व्यवस्था गरेको थियो । उमेर हदबन्दी र निर्वाचन प्रणालीका बारेमा विद्यार्थी सङ्गठनबीच सहमति हुन नसक्दा तोकिएको समयमा पनि निर्वाचन हुन सकेको थिएन ।

नेपाल विद्यार्थी सङ्घका असन्तुष्टि पक्षले उमेर हदबन्दी असहमति जनाउँदै आइरहेका छन् । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्ने व्यवस्था गरिएको छ ।

त्रिवि सभा सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले यसपटक विद्यार्थी सङ्गठन पनि स्ववियु निर्वाचनमा भाग लिनका लागि सकारात्मक रहेकाले निर्वाचन हुने बताए ।

अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले आफूहरु पहिल्यैदेखि नै स्ववियु निर्वाचनको पक्षमा रहेकाले जसरी पनि निर्वाचन गर्न सबै विद्यार्थीसँग छलफल गर्ने बताए। “हामीले पटक–पटक स्ववियु निर्वाचन गर्नुपर्दछ भनेर त्रिविको ध्यानाकर्षण गराउँदै पनि आएका छौँ”, उनले भनिए, “यसपटक सबै विद्यार्थी सङ्गठनसँग छलफल गरेर निर्वाचनमा केन्द्रित हुनेछौँ ।”

नेपाल विद्यार्थी सङ्घ नेविसङ्घका निवर्तमान सहमहामन्त्री दीपक जोशीले स्ववियु निर्वाचन नेविसङ्घको स्थापनासँगै जोडिएकाले निर्वाचनमा भाग लिने बताए । “उमेर हदबन्दी र निर्वाचनमा प्रणालीबारे हाम्रो असहमति छैन”, उनले भनिए, “यी दुई विषयमा सहमति गरेर नै एकपटक निर्वाचन भइसकेका हुनाले हामी २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा भाग लिन्छौँ ।”

उनले निर्वाचनका लागि क्याम्पसमा आफूहरुको सङ्गठन चलायमान रहेको भन्दै पार्टीले हाम्रो सङ्गठनलाई तदर्थ समिति गठन गरिदिए सजिलो हुने बताए ।


नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

स्वतन्त्र विद्यार्थी यूनियन बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्वतन्त्र विद्यार्थी यूनियन बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ वैशाख ३१ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाइ...

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

२०८१ चैत २८ बिहीवार

काठमाडौं ।  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, ईचंगुनारायणद्वारा...

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौ । औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न...

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२०८१ माघ २४ बिहीवार

काठमाडौ ।   प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा “प्रहरीसँग विद्यार्थी कार्यक्रम सम्पन्न”

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा “प्रहरीसँग विद्यार्थी कार्यक्रम सम्पन्न”

२०८१ पुस २४ बुधवार

सिन्धुली। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गाेबिन्द राज काफ्लेकाे...