ब्रबिमको ‘सेवारो नमस्ते’ सार्वजनिक
वि.सं.२०७६ वैशाख ९ सोमवार ११:१३
shares

काठमाडौं । लिम्बु भाषाका गीतहरु गाएर लोकप्रियताको शिखर चुम्न सफल गायक ब्रबिम शेर्मा लिम्बु यसपटक नयाँ नेपाली गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन्। ‘सेवारो नमस्ते…..’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जितेको छ।
दिल कमल शेर्माको शब्द तथा दिल कमल र ब्रबिम शेर्माको संगीत निर्देशनको उक्त गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका छन्। साढे ११ मिनेट लामो उक्त गीतको म्युजिक भिडियालाई लोकप्रिय हास्य अभिनेता विल्सन बिक्रम राईले निर्देशन् गरेका हुन्।
भिडियोमा विल्सन आफैंले अभिनेत्री एलिशा राईसंग अभिनय गरेका छन्। भिडियोमा विल्सन र एलिशासंगै सुरेन्द्र बसेलले पनि अभिनय गरेका छन्। भिडियोमा बसेलकै कोरियोग्राफी छ। नवराज उप्रेतीको छायांकनको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन्। गायक ब्रबिम शेर्मा लिम्बूले गाएका लिम्बु गीत्हरुको एल्बमको संख्या नै आधा दर्जनभन्दा बढी छ।
















