इन्ग्लिश प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा
वि.सं.२०७६ वैशाख ९ सोमवार ११:२२
4.78K
shares
shares

एजेन्सी । लिभरपुल इन्ग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार भएको खेलमा कार्डिफ सिटीलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा फर्किएको हो। कार्डिफको मैदानमा लिभरपुललाई जित दिलाउन जर्जिनियो विजनाल्डम र जेम्स मिल्नरले एक एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा विजनाल्डमले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए। त्यसपछि खेलको ८१ औं मिनेटमा मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे।
जितसंगै शीर्ष स्थानको लिभरपुलले ३५ खेलबाट ८८ अंक जोडेको छ। र , लिभरपुल म्यानचेस्टर सिटीलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। सिटीको ८६ अंक छ। जितपछि लिभरपुलले उपाधि जित्ने संभावना कायम राखेको छ। पराजित कार्डिफ ३१ अंक जोडेर पुछार तेस्रो स्थानमा छ।






















