चिनियाँ चलचित्र महोत्सव शुरु

Nepal Life Insurance Long Ad

काठमाडौँ।  आजदेखि यहाँ चिनियाँ चलचित्र महोत्सव शुरु भएको छ । पहिलो दिन जनगणतन्त्र चीन स्थापनाको ७० औँ वार्षिकोत्सवका अवसरमा तियानमेन स्क्वायरमा आयोजित विशाल सैन्य परेड २०१९ समारोहको झलक प्रस्तुत गरियो ।

नेपालस्थित चिनियाँ राजदूतावासको आयोजना र वल्र्ड कल्चरल नेटको संयोजनमा आयोजित महोत्सवअन्तर्गत शनिबार कुमारी चलचित्रघरमा चाङ यिमोयुद्वारा निर्देशित ‘ग्रेटवाल’ शीर्षक चलचित्र प्रस्तुत गरिने छ । सो चलचित्र यही पुस २१ गते पोखरामा प्रस्तुत गरिने छ भने २४ गते लुम्बिनीमा ‘सैन्य परेड २०१९’र ‘स्वेन चाङ’ प्रस्तुत गरिने छ ।
महोत्सव उद्घाटनका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बुद्धभद्र, भृकुटी, स्रङ चङ गम्पो, भृकुटी, अरनिको र पद्मसंभवलगायतले अघि बढाएको नेपाल चीनबीचको सम्बन्ध हिमाल झँै अटल र नदी जस्तै गतिशील भएको बताउँदै विश्वशान्ति, भ्रातृत्व र बन्धुत्वका लागि नेपाल र चीन एकै ठाउँमा उभिएका छन् ।
उनले सामाजिक सञ्जालका माध्यमबाट नेपालका लागि चिनियाँ राजदूत हौ यान्कीले नेपालको प्रचारप्रसार गरिरहेकामा धन्यवाद दिँदै नेपाल भ्रमण वर्षमा बढीभन्दा बढी चिनियाँहरु नेपाल ल्याउनका लागि आग्रह गरिने बताए ।
चिनियाँ राजदूत हौले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध निकै उचाइमा पुगेको बताउँदै चिनियाँहरुलाई नेपाल आउन र नेपालीहरुलाई चीन गएर ज्ञान हासिल गर्न आग्रह गरियो ।
वल्र्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकारले हरेक वर्ष नेपालमा चिनियाँ चलचित्र महोत्सव गर्ने गरिएको जानकारी दिँदै यस्तो महोत्सवले दुई देशबीचको सांस्कृतिक सम्बन्ध वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिए ।


प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र  रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

२०८२ वैशाख ३१ बुधवार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतमले...

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

२०८२ वैशाख ३० मंगलवार

काठमाण्डौं। लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्तिश्री परियार फेरि...

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

२०८१ मंसिर १७ सोमवार

पार्टी कार्यालय वा संसद् भवनभित्र छिर्नुभन्दा अगाडि एकपटक घाटको दर्शन...

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

२०८१ असोज १४ सोमवार

काठमाडौं । आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित...

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

२०८१ भदौ १४ शुक्रवार

काठमाडौँ ।  चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका...

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

२०८१ भदौ १० सोमवार

काठमाडौं । प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा साजित महतको प्रस्तुतिमा तयार...