भारतमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना, ६ जनाको मृत्यु

२०७६ फागुन ८ बिहीवार
1.5K
shares
मुक्ति खबर, काठमाडौं ।
भारतको सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । भने १८ जना घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा परी मृत्यु भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ ।
मध्यरातमा उक्त बसले युटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु विश्रामका लागि एउटा मन्दिरनजिकै बस रोकेर बसेका थिए ।
२ जना महिलासहित ६ जनाको मृत्यु भएको जनाइएको छ । जसमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको नाम खुलेको छ । हरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।
उनीहरु नेपालको सुनसरी जिल्लाबाट गएका हुन् । टोलीमा ३४ जना रहेको बुझिएको छ । फेब्रुअरी ६ अर्थात् माघ २३ गते भारततर्फ गएका उनीहरु ३५ दिनको तीर्थयात्रामा निस्केका थिए ।

२०७६ फागुन ८ बिहीवार