फेसबुकमा भेटिए २७ करोड फेक आईडी

Nepal Life Insurance Long Ad

एजेन्सी ।

सर्वाधिक लोपप्रिय सोसल मिडिया साईट फेसबुकमा २७ करोड ५० लाख अकाउन्ट नक्कली रहेको भेटिएको छ ।

फेसबुकले हालै सार्वजनिक गरेको सन् २०१९ को वार्षिक प्रतिवेदनका अनुसार सन् २०१९ को डिसेम्बर सम्ममा फेसबुकमा २७ करोड ५० लाख फेक आइडी रहेका छन् ।

‘डिसेम्बर ३१ सम्ममा २ अर्ब ५० करोड मासिक सक्रिय प्रयोगकर्ता रहेको फेसबुकल जनाएका छ । यो आँकडा सन् २०१८ को डिसेम्बर ३१ भन्दा ८ प्रतिशतले धेरै रहेको छ । सन् २०१८ को तुलनामा भारत, इण्डोनेसिया र फिलिपिन्समा फेसबुक प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ उक्त प्रतिवेदनमा बताईएको छ ।

फेसबुकका अनुसार मासिक सक्रिय प्रक्रियोकर्ताको ११ प्रतिशत फेक अकाउन्ट रहेका छन् । भियतनाम तथा फिलिपिन्सलगायतका विकासशील देशमा यस्ता डुप्लिकेट अकाउन्टको संख्या बढिरहेको फेसबुकले जनाएको छ ।

फेसबुकका अनुसार कुनै पनि एकजना प्रयोगकर्ताले आफ्नो मूल फेसबुक अकाउन्ट बाहेक खोलेका अन्य अकाउन्टहरुलाई फेक अकाउन्टको सूचीमा राखिएको उल्लेख गरेको छ ।

त्यस्तै फेसबुकमा छद्म अकाउन्टको संख्या पनि उल्लेख्य छ । फेसबुकका अनुसार कुनै पनि मानिसले आफ्नो मूल अकाउन्टका अतिरिक्त आफ्नो व्यवसाय तथा घरपालुवा जनावर इत्यादिका नाममा खोलेका अकाउन्टका साथै फेसबुकको नियम विपरीत स्पामिङका लागि खोलिएका फर्जी अकाउन्टहरुलाई छद्म अकाउन्टको रुपमा रहेका छन् । त्यस्ता छद्म अकाउन्टको संख्या फेसबुकका कूल मासिक सक्रिय प्रयोगकर्ताको संख्याको ५ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ ।

नमूना संकलन तथा विश्लेषण विधिबाट फेसबुकमा रहेका यस्ता डुप्लिकेट तथा छद्म अकाउन्टको संख्या आँकलन गरिएको फेसबुकको रिपोर्टमा उल्लेख छ ।

यस्ता फर्जी अकाउन्टहरुको वास्तविक मापन गर्न कठिन हुने र नमूना छनोट विधिबाट गरिएको आँकलनभन्दा वास्तविक संख्या फरक पनि हुन सक्ने फेसबुकको प्रष्टोक्ति छ ।

वार्षिक प्रतिवेदन अनुसार फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या एक अर्ब ६६ करोड पुगेको छ । जुन गत वर्ष एक अर्ब ५२ करोड थियो ।


वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

२०८२ वैशाख ७ आइतवार

 काठमाडौँ। विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय...

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

२०८१ चैत २७ बुधवार

काठमाडौ । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

२०८१ साउन ४ शुक्रवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा...

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

२०८१ साउन ३ बिहीवार

काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा...

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

२०८१ असार ३० आइतवार

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले...