पनौतीको अवस्था तनाबग्रस्त, प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
वि.सं.२०७६ चैत ४ मंगलवार १०:५८
6.33K
shares
shares

मुक्तिखबर,काठमाडौँ
टिपरको ठक्करबाट सोमबार दिउँसो आमा, छोरीको मृत्यु भएपछि काभ्रेको पनौती बजार आज बिहानैदेखि तनाबग्रस्त बनेको छ ।
पनौती बसपार्कमा टिपरले ठक्कर दिएको ठक्करबाट खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएपछि आक्रोसित स्थानीय सोमबार दिउँसोदेखि नै प्रदर्शनमा उत्रिएका थिए ।
गाडी तोडफोडसहित जुलुसमा निस्किएपछि स्थानिय प्रसाशनले निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्लाको स्थिति नियन्त्रण बाहिर जाने देखेपछि प्रशासन कार्यालय काभ्रेले कर्फ्यू आदेश जारी गरेको छ ।
बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको प्रहरीले जनाएको छ ।




























