प्रधानमन्त्री र राष्ट्रपतीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ
वि.सं.२०७७ वैशाख ११ बिहीवार १६:४५
shares

मुक्तिखबर,काठमाडौँ ।
विश्व यतीबेला कोरोना महामारीसंग युध्द लडिरहेछ । मानव सभ्यता नै संकटमा पर्न लागेको भन्दै विश्वका अधिकांश देशहरु लकडाउनमा छन् । विश्वका शक्ति राष्ट्रहरु कोरोना अर्थात् कोभिड १९ बीच हायलकायल भईसकेका छन् ।
छिमेकी राष्ट्र चीनबाट उत्पत्ती भएको भनिएको कोरोना अर्थात् कोभिड १९ बाट नेपाल पनि अछुतो रहने कुरै छैन ।यस्तैमा एक महिनादेखि देश ठप्प छ । कोरोनाको “स्थानीय संक्रमण” नेपालमा पनि देखिईसकिएको छ । थुप्रै लापरवाहीहरु भएका छन् जसले गर्दा कोरोनाको “सामुदायिक संक्रमण” हुन्छ कि भन्ने त्रास छ ।
जनता सिमामा, सडकमा, बसपार्कमा, बिदेशमा अलपत्र छन् । घरमै भएकाहरु पनि साँझ बिहानको छाक कसरी टार्ने भन्ने चिन्तामा छन् । बिद्यार्थीहरुले घरभाडा तिर्न नपाउँदा समस्यामा परेको, मजदुरले खाना नपाउँदा रातारात पैदल हिँडिरहेको समाचार आएका आईरहेका छन् ।
यो बेला सरकारले देशकै अभिभावकत्व निभाउनु पर्ने थियो । त्रसित मनहरुलाई ढाडस दिनुपर्ने थियो, आँखाबाट खसेका आँशु पुछ्न सक्नुपर्ने थियो, भोको पेटलाई तसल्ली दिन सक्नुपर्ने थियो, महामारीका बेला परदेशमा रहेको छोरो सम्झिँदै आत्तिएकी आमालाई सान्त्वना दिनुपर्ने थियो । कोरोनाको संक्रमणबाट थलिएका व्यक्तिहरु र तिनका परिवारलाई उत्साहित वनाउन सक्नु पर्ने थियो ।
तर दुर्भाग्य, देशका प्रधानमन्त्री आफ्नो वा अरुको पार्टी फुटाउने सपना बुन्दै आफ्नो मूर्खता प्रटक गरिरहेका छन् । उनी ‘धूर्त’ राजनीतिज्ञ हुन भन्ने कुराको त ज्ञात सबैलाई थियो नै । पार्टीभित्रै उनले पटक पटक गरेका हर्कतहरुले उनलाई चिनाईरहेकै थियो । आफु अनकुलको अवस्था देखेन भने “चेस” खेल्ने बानी परेका उनले दोस्रो पटक सरकारको नेतृत्व गर्दादेखि गरेको कतिपय हर्कतहरुले पनि उनको धूत्र्याईलाई अझ ज्ञात गराउँछ ।
पार्टीभित्र र सरकारमै एकलकाँटे निर्णय गर्दै जाने, सोध्नै परे पार्टीका अर्का अध्यक्ष ९प्रचण्ड० लाई मात्रै सोध्ने, आफ्ना निकटहरुलाई मात्रै अवसर दिने, जो क्रियाकलापहरु केपी ओली स्वयंले गरे वा अरुले गरेका कामको अनुमोदन गर्ने काम उनले गरे, त्यसबाट उनको धूत्र्याई प्रष्ट हुन्छ । आफु “भ्रष्टाचारीको अनुहार पनि देख्न चाहान्न” भन्ने तर मन्त्रीमण्डलमा भएका भ्रष्टहरुलाई पुच्छरमा लुकाईराख्ने काम उनी गर्दै आएका छन् ।
तर सोमवार उनले देखाएको निर्लज्जपनाले उनी ‘धूर्त’ मात्रै होईनन्, ‘मूर्ख’ राजनीतिज्ञ पनि हुन् भन्ने कुरा प्रष्टै पारेको छ । एकातिर देशको यो अवस्था, बिश्वको यो अवस्था, अर्कोतिर कोरोना अभियानमै सरकारले भ्रष्टाचार गरिरहेको छ भन्ने बहस । तर उनलाई यी दुवै कुराले छोएन । जनताले खेपिरहेको दुःख, पालिरहेको त्रासले उनको मूर्खतामाथी कुनै असर गरेन । उनलाई त पार्टी फुटाउने रहर जागेछ । जसरी भएपनि आफु चर्चामा आईरहने रहर जागेछ ।
लोकतान्त्रिक अभ्यास गरिरहेका दलहरुले अरुलाई फुटाएर आफु बलियो हुन्छु भन्ने सोच्नु नै मूर्खता हो । दलहरु बलिया भए मात्रै लोकतन्त्र बलियो हुन्छ ।
सोमबारका दुबै अध्यादेशले आशंका बाहेक अरु केही जन्माउन्न् । राजनीतिक माफियाहरु र भ्रष्ट कर्मचारीहरुले नेपालमा राजनीतिक स्थिरता चाँहदैनन् । त्यसकारण यी दुवैको मिलेमोतोमा अहिलेको अवस्था श्रृजना भएको हो भनेर पनि आशंका गर्न सकिन्छ ।
तर जे, जसरी, जहाँ भए पनि यो महामारीको बेलामा ओलीको यो धूत्याई मूर्खतापूर्ण छ । यसले ओली मूर्ख राजनीतिज्ञ हुन् भन्ने कुरालाई प्रष्टै पारेको छ ।
लोकतान्त्रिक अभ्यास गरिरहेका दलहरुले अरुलाई फुटाएर आफु बलियो हुन्छु भन्ने सोच्नु नै मूर्खता हो । दलहरु बलिया भए मात्रै लोकतन्त्र बलियो हुन्छ । तर नेपालमा बिरोधी दल बिभाजन गरेर बलियो हुने अभ्यास यस अघिदेखि नै हुँदै आएको हो, त्यसैले यसलाई सामान्य अवस्थामा सामान्य मानिएला वा नेपाली राजनीतिको एक हिस्सा वा एक अभ्यास मान्न सकिएला । तर, यो विषम् परिस्थितिमा, त्यो पनि अध्यायादेशमार्फत ऐन संसोधन गरेर दल फुटाउन सहज बनाउने बाटो खोल्नु मूर्खता मात्रै होइन, महामूर्खता हुन जान्छ ।
देश बन्दाबन्दीमा रहेका बेला प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक स्वार्थ पूर्तिका लागि अनेक तिकडम गरेका देखियो । प्रधानमन्त्री ओलीको निर्देशनमा बुधबार दिउँसो पूर्वआईजीपी सर्वेन्द्र खनाल र नेकपाका सांसदद्वय महेश बस्नेत (भक्तपुर) र किसान श्रेष्ठ (तनहुँ)द्वारा डा.सुरेन्द्र यादवलाई उनको निवास जनकपुरधाममाबाटै अपहरण शैलीम रातारात उठाएर काठमाडौं ल्याइए ।
सर्वेन्द्र, महेश र किसानले आफूलाई काठमाडौं लैजाने गरी भेट्न आएको सांसद यादवले आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादव जनकपुरबाटै जानकारी गराएका थिए । राति काठमाडौं ल्याइएका यादवसँगै समाजवादी पार्टीका केही सांसदलाई नक्शालस्थित मेरियट होटलमा राखिएको समाजवादी पार्टीको भनाइ छ ।
तर डा. यादव बिहीबार विहानै होटलबाट बाहिर निस्कन सफल भएको र पार्टीको सम्पर्कमा आएको नेताहरुले बताएका छन् । यो राजनीतिक घटनामा केपी ओलीका दायाँ हात मानिने नेकपाका सांसदहरू संलग्न हुनु त आश्चर्यजनक होइन तर पूर्वआईजीपी सर्वेन्द्र खनालकै संलग्नताचाहिँ आश्चर्यजनक हो । खनालले प्रधानमन्त्री ओलीलाई खुसी पार्नका लागि यस्तो अराजनीतिक धन्दामा संलग्नता देखाएको बुझ्न गाह्रो छैन।
यो घटना अपहरणकै शैलीमा भएको देखिन्छ । यदि ‘अपहरण’ नै होइन भने पनि अरूको दल फुटाउनका लागि प्रधानमन्त्रीको निर्देशनमा गरिएको अपराध कर्मचाहिँ पक्कै हो । यो घटनाले प्रधानमन्त्री ओलीमाथि गम्भीर प्रश्न उठाएको छ । राजनीतिमा ओली अपराध कर्मसमेत गर्न पछि पर्दैनन् भन्ने आशंका यो घटनाले जन्माएको छ ।
ओली निकम्मा सल्लाहकार र सहयोगीले घेरिएका छन् भन्ने फेरि पनि प्रमाणित भएको छ । यो सहयात्रीको समूह रहे ओली झनै पङ्गु बन्नेछन् भन्ने प्रक्षेपण सजिलै गर्न सकिन्छ ।ओलीको भारतको नाकाबन्दीविरुद्ध उभिएको व्यक्तित्व क्षय भै सकेको छ । त्यसैले जसले जे भने यो प्रकरणमा हार्ने ओली आफैँले मात्रै हो । यो महामारीका बीचमा ओलीको कदमले उनको प्राथमिकता के रहेछ भन्ने पनि जनताले बुझे ।
लकडाउनले घरभित्र सीमित नागरिक, चिकित्सा सामग्री खरिदमा भएको अनिमयितता र गरिब जनताप्रतिको निर्ममताले ओलीप्रति जनमत क्रुद्ध भएको समयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ओलीका आफ्नै सहयोगीबाट पनि साथ र समर्थन पाएको अवस्था छैन । यो अध्यादेश प्रकरणले सबैभन्दा व्यक्तिगत घाटा ओलीलाई नै भएको छ ।
नेकपाका अधिकांश स्थायी कमिटी सदस्यहरु मात्र हैन मन्त्रीमण्डलका सदस्य लगायतका पाटीका अर्का अध्यक्ष प्रचण्डले समेत अध्यदेश प्रकरणमा आपत्ती जनाइ सकेका छन् । आफूले जे गरे पनि सही भन्ने हठी स्वभावका ओली अध्यदेश प्रकरणमा ब्याक हुन सहमत भएका छन् ।
पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार हुनु उनको एक बाध्यता थियो ।बिहीबार नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र ओलीबीच बालुवाटारमा अध्यादेशबारे छलफल भएको थियो । छलफलमा प्रचण्डले नेताहरुको मागबमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् ।
छलफलमा प्रचण्डले नेताहरुको मागबमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरे ।
यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिईरहेका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिँदा तत्काललाई पार्टीभित्रको दुर्घटना टर्ने नेता नेपालको धारणा छ ।दुवै नेताले प्रधानमन्त्री ओलीलाई राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर सम्भाव्य दुर्घटना टार्न सुझाव दिईरहेका छन् ।
प्रधानमन्त्री ओलीले कानूनविदहरूसँग परामर्श गर्ने र अध्यादेश फिर्ता लिने बताएका जनाईएको छ । संविधानको धारा ११४ ९२० ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ ।
अनेक काण्डहरु मच्चाएको ओली सरकारसंग जनता झन् धेरै रुष्ट रहेको कुरा बिभिन्न सामाजिक संञ्जाल र उनकै पाटीका नेताहरुको लगातार असहमती र बिरोधले नै प्रष्ट हुन्छ ।
राज्यको अभिभवाकत्व ग्रहण गरेर निष्पक्ष रुपमा आफ्नो भूमिका निभाउनु पर्ने राष्ट्रपती बिद्या देबी भण्डारी पनि अचाक्ली भ्रष्ट देखिएकी छिन् । बेलाबेला बिवादमा आईरहने उनी नेपाल कम्युनिष्ट पाटी नेकपामा पनि हाबी देखिन्छन् । पार्टी भित्र व्दन्द सिर्जना गर्न अग्रसर रहने राष्ट्रपती पाटीका निर्णहरुका पनि हाबी हुने गरेकी छिन् । सोमबार अध्यादेश प्रकरणमा सचिवालयको बैठक नसकिँदै प्रमाणीकरण गर्ने हतारोका कारण उनी पनि आलोचित नै बनिरहेकी छिन् ।
यी र यस्ता अनेक कारणले ओली सरकार पतनको दिशातिर उन्मुख छ । दुई पटक मृगौला प्रत्यारोपण गरेर पनि यो देशलाई बर्बाद गर्न तम्सीएका ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ र आराम गर्नुपर्छ होइन भने यो देश र भावी पुस्तामाथि उनको षडयन्त्रकारी राजनितीले ठूलो अनिष्ट सिर्जना गरेर जानेछ । जसलाई प्रयासहरुले पनि लयमा ल्याउन गाह्रो पर्नेछ । सरकारका अनेक बिवादित कदमको मतियार बन्दै आएकी राष्ट्रपती भण्डारीलाई समेत नैतिक संकट उत्पन्न भएको छ ।राष्ट्रपतीको राजीनामाले देशलाई अर्को एउटा सुनौलो गन्तब्य तर्फ लैजान सक्छ । तसर्थ प्रधानमन्त्री ओली र राष्ट्रपती भण्डारीले तत्काल नैतिकताका आधारमा स्वतः राजीनामा दिनुपर्छ ।



















