लुकेर नेपाल छिरेका थिए रुपन्देहीका कोरोना संक्रमित

8.88K
shares

बुटवल ।

रुपन्देहीका कोरोना संक्रमित २५ वर्षीय युवा कोटहीमाई गाउँपालिकाका हुन् । उनी भारतीय सीमा क्षेत्रमा बस्दै आएको बताइएको छ ।

भारतबाट बैशाख ५ गते नेपाल भित्रिएका उनी मर्चवारकै एक क्वारेन्टाइनमा बसेका थिए । मर्चवारको मझगवामा स्थित क्वारेन्टाइनका सबैको कोरोना परीक्षणका क्रममा उनमा पोजेटिभ देखिएको हो ।

नेपाल( भारत सीमामा कडा सुरक्षा तैनाथीका बीच उनी लुकेर नेपाल पसेको बुझिएको छ । गाउँमा आएको पत्ता पाएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । त्यसपछि मात्रै उनलाई क्वारेन्टाइन लगिएको थियो । उनी अहिले बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत छन् । अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

ुहिजोमात्रै बुटवलको अस्पतालमा उपचारका लागि आएका हुन्, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले भने, “यहाँ उपचार भइरहेको छ । अवस्था सामान्य नै छ ।”


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083