कोरोना परीक्षणका लागि संसदमा ६ सय ९२ जनाको स्वाब संकलन, ५४ सांसद बाँकी
वि.सं.२०७७ वैशाख २६ शुक्रवार १३:४६
6.79K
shares
shares

काठमाडौं ।
संघीय संसदका ६३ जना सांसदको आज पनि कोरोना संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको छ । अझै ५४ जना सांसदहरुको स्वाब संकलन गर्न बाँकी रहेको छ ।
हिजो र आज गरी संघीय संसदका २ सय ७५ जना सांसदको पीसीआर परीक्षणका लागि थ्रोट स्वाव संकलन गरिएको सभामुखका प्रेस सल्लाहाकार श्रीधर पौडेलले जानकारी दिएका छन् ।
हिजो प्रतिनिधि सभा तर्फ १ सय ७९ र आज ५३ गरी २ सय ३२ जनाको स्वाब संकलन भएको हो ।
राष्ट्रिय सभा तर्फ हिजो ३३ र आज १० गरी ४३ जनाको स्वाब संकलन गरिएको छ ।
यस्तै संघीय संसदका सभामुख, अध्यक्ष, सांसदहरु, कर्मचारी तथा मर्यादापालक र सुरक्षाकर्मी सहित कुल ४ सय ४१ जना र आज कुल २ सय ५१ जना गरी ६ सय ९२ जनाको स्वाब संकलन गरिएको छ ।













