थप सात जनामा कोरोना संक्रमण भेटिएको पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो
वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:१६
6.16K
shares
shares

काठमाडौं ।
नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।



















