नेपालको संविधान दोस्रो संशोधन विधेयक आज राष्ट्रिय सभाबाट पारित गरिँदै

11.86K
shares

काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक आज राष्ट्रिय सभाबाट पनि पारित गरिने भएको छ । आज बिहान ११ बजे बस्ने पूर्व निर्धारित राष्ट्रिय सभाको बैठकमार्फत नेपालको नयाँ नक्सासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक पारित गरिने भएको हो ।

यो बिधेयक प्रतिनिधि सभाबाट जेठ ३१ गते नै सर्वसम्मतिले पारित भइसकेको छ । राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफल सदनमा प्रस्तुत गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि राष्ट्रिय सभा सदस्यहरूले दफावार सुरू गर्नेछन् । त्यसपछि विधेयक पारित गरिने बताइएको छ ।

राष्ट्रिय सभाबाट विधेयक पारित भएपछि प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइनेछ । त्यसपछि नयाँ नक्साले संवैधानिक मान्यता प्राप्त गर्नेछ


divya collage
unigloble collage