सभामुख सापकोटाविरुद्धको मुद्धामा आज सुनुवाई नहुने

6.76K
shares

सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्धामा शुक्रबार सुनुवाई नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा पेसी तोकिएको थियो ।

तर, शुक्रबार उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने सर्वोच्च स्रोतले बतायो ।

काभ्रेकी पूर्णिमाया लामाले आफ्नो पति हत्याको अभियोगमा जोडिएका सापकोटाको पक्षमा निर्णय गरेको भन्दै उनले ०६९ मंसिर ७ गते सर्वोच्च अदालत आएकी थिइन् ।

२०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो।

संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएको सहित तीन वटा मुद्दा रहेका छन्।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्।

लामाले दायर गरेको मुद्दा पेसी चढेको यो ४२औं पटक हो ।

०६२ वैशाखमा काभ्रेका अर्जुन लामाको माओवादी कार्यकर्ताले अपहरणपछि हत्या गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083