महेश बस्नेतको गुण्डागर्दी शैली, पेरिसडाडाँमा आगो लगाइदिने चेतावनी

8.88K
shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका नेता महेश बस्नेतले प्रचण्डलाई पूर्व एमालेका कुनैपनि कार्यालयमा आँखा लगाए पेरिसडाडाँमा आगो लगाइदिने चेतावनी दिएका छन्। शनिबार ललितपुरमा आयोजित प्रधानमन्त्री एवम नेकपा अध्यक्ष ओली पक्षको भेलामा बोल्दै नेता बस्नेतले धुम्बाराही र बल्खुका कार्यालयहरुमा राजनीतिक गतिविधी नगर्न चेतावनी दिएका हुन् । नेता बस्नेतले ओली समुहले पूर्वमाओवादीदीको पार्टी कार्यालयमा पनि आँखा नलगाउने र पूर्वएमालेका पार्टी कार्यालयहरुमा आँखा लगाए कुनै कसुर बाँकी नराख्ने चेतावनी दिएका छन् ।

उनले भेलालाई सम्बोधन गर्दै भने, ‘हामिलाई पेरिस डाँडाको पार्टी कार्यालय चाहिँदैन, प्रचण्ड पक्षले पनि बल्खु र धुम्बाराहीमा आँखा लगाए युवाहरु लगाएर पेरिस डाँडाको पार्टी कार्यालयमा आगो लगाउन लगाउछौँ।’ त्यस्तै नेता बस्नेतले झलनाथ खनाल र माधव नेपाललाई पदको प्रलोवनमा प्रचण्डले आफ्नो समुहमा लगेको बताए । खनाललाई राष्ट्रपति र नेपाललाई अध्यक्षको प्रलोवनमा पारेको उनको दावी छ ।

सरकारी नेकपा दुई समुहमा विभाजित भएपछि प्रचण्ड र बरिष्ठ नेता दुई अध्यक्ष बनेका छन् । त्यसपछि बिहीबार प्रचण्ड नेपालले बल्खुमा पार्टी कार्यालय बनाउने निर्णय गरेका थिए । त्यस्तै प्रचण्ड नेपाल पक्षले आफूहरु असली नेकपा भएको दावी गर्दै आएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083