प्रधानमन्त्रीको चिन्ता: ममाथि शारीरिक आक्रमण हुनसक्छ

Nepal Life Insurance Long Ad

पोखरा। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुनसक्ने चिन्ता व्यक्त गरेका छन् । र यदी आफूमाथि शारीरिक हमला भएर ज्यान तलमाथि पर्‍यो भने पनि अनौठो नमान्न सबैलाई आग्रह गरे ।

तर आफ्नो पार्टी र आन्दोलन अन्त्य नहुने उनको भनाइ थियो । पोखरामा सोमबार दिउँसो आफ्नो पक्षका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । यस क्रममा उनले आफूमाथि निरन्तर आक्रमण बढेको र त्यो आक्रमण शारीरिक आक्रमणकै तहमा पुग्नसक्ने दावी गरे ।

‘म रहिन भने पनि आन्दोलन रोकिन्न, पार्टीलाई तलमाथि पर्न दिन हुन्न, लोकतान्त्रिक आन्दोलन तलमाथि हुन दिइनु हुँदैन । ममाथि शारीरिक हमला हुन सक्छ र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ ओलीले भने।

यसवाहेक पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले आफूमाथि झुटा आरोप लगाएको पनि उनको दावी छ । यस्तै आफूलाई प्रक्रिया अनुसार पदबाट हटाउन समेत दाहाल(नेपाल समूहलाई चेतावनी दिए ।

१७ फागुन २०७७, सोमवार १५:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु