२ वर्षपछि सार्वजनिक कार्यक्रममा सहभागी हुँदै विप्लव
वि.सं.२०७७ फागुन २० बिहीवार ११:४३
shares

काठमाडौँ । नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच बिहीवार तीन बुँदे सहमति भएको छ।
सहमतिभएसँगै विप्लव समूहको प्रतिबन्ध पनि फुकुवा भएको छ । भोली दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले संयुक्त सम्बोधन गर्ने भएका छन् । उनी करिब २ वर्षपछि सार्वजनिक कार्यक्रममा देखिने भएका हुन् । राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ ।
सरकारले हिंसात्मक तथा आतंककारी गतिविधि गरेको भनी २०७५ फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि विप्लव समूहका झण्डै दुई हजार बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।
वार्तामा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहेका थिए भने विप्लव समूहका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ रहेका थिए ।
















