क्यान्सर अस्पतालको विकासमा चीनको सहयोग हुन्छ : चिनियाँ राजदूत

चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य क्षेत्रमा चीन सरकारको सहयोग निरन्तर रहने बताएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आज चिनियाँ मेडिकल सहयोगको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा अस्पतालको स्तरोन्नति र विकासमा सहयोग गर्न चीन दृढ रहेको बताए ।

चीन सरकारले अस्पताल बनाउन सहयोग गरेको र त्यसपछि निरन्तर सहयोग गर्न पाएकामा खुशी प्रकट गर्दै उनले नेपाली जनतालाई अर्बुद रोगको उच्चस्तरको उपचार दिन चिनियाँ चिकित्सक समूह सधैं प्रतिबद्ध भएको बताए । अस्पताल स्थापनापछि चिनियाँ चिकित्सक समूहलाई अस्पतालका चिकित्सक कर्मचारीले गरेको सहयोग र समन्वयप्रति उनले आभार प्रकट गरे । सो अवसरमा राजदूत होउले अस्पताललाई भिडियो एक्सरे र शल्यचिकित्सा उपकरण तथा अर्बुदरोगीलाई आवश्यक पर्ने औषधि उपलव्ध गराएको थियो ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अस्पतालको अहिलेको अवस्था र भावी योजनाबारे जानकारी दिँदै चिनियाँ सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । विसं २०५७ देखि सञ्चालनमा आएको सो अस्पताल चीन सरकारले निर्माण गरेको हो । अस्पतालका उपनिर्देशक डा निर्मल लामिछानेका अनुसार अस्पताल स्थापना भएयता निरन्तर रुपमा १४ चिनियाँ चिकित्सक र दुई सहयोगी यहाँ रहँदै आएका छन् । उनीहरुको तलबभत्ता चीन सरकारले बेहोर्दै आएको छ । शुरुमा एक सय श्यया रहेको क्यान्सर अस्पतालमा हाल ४५० श्यया छ । गत वर्ष एक लाख ३१ हजार बिरामीले अस्पतालबाट सेवा लिएका थिए । अस्पतालमा उपचारका लागि नेपाल र भारतका सीमा क्षेत्रबाट बिरामी आउने गर्छन् ।


कारागारबाट रविको अपिलः “मलाई सिध्याउन भयानक षड्यन्त्र भयो”

कारागारबाट रविको अपिलः “मलाई सिध्याउन भयानक षड्यन्त्र भयो”

२०८२ असार ७ शनिवार

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूविरुद्ध आरोपहरू नियोजित...

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

२०८२ असार ४ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...