‘मरेका मान्छेको बारेमा किन नराम्रो बोल्नु’

8.78K
shares

नारायण श्रेष्ठ

जर्ज एच डब्लु बुस बितेको हप्तादिनपछि अन्त्येष्टि गरियो। धेरै वर्ष बाँच्ने अमेरिकी राष्ट्रपतिमध्येका एक थिए, ४१ औं राष्ट्रपति बुस सिनियर, जो ९४ वर्षको उमेरमा नोभेम्बर ३० मा बिते। ह्युस्टनको आफ्नै निवासमा छोरा, छोरी र नातिरनातिना, अनि आफन्तहरू उनको अन्तिम क्षणमा वरिपरि थिए, उनको निधनपछि यहाँको मिडियाले लेख्यो।

मानिस बित्नु अघिको अन्तिम क्षणमा आफन्त र प्रियजन वरिपरि थिए भन्ने कुरालाई क्रिष्चियनहरू गर्वले उच्चारण गर्छन्। त्यस्तो सुन्दा मलाई कता कता आफ्ना प्रियजनहरू, माया गर्ने प्रशंसकहरूबाट टाढा बस्नुको पीडा हुन्छ। दूध खाँदा खाँदैको पाडा बाच्छा छुटाए जस्तै उमंगको मुहानबाट छुटाइएको एक्लो जीव जस्तो १

बुस परिवार अमेरिकी रिपब्लिकन पार्टीका लागि एउटा डाइनेष्टी हो: एउटै परिवारबाट बावु, छोरा राष्ट्रपति भए(४३ औं राष्ट्रपति जर्ज डब्लु बुस ९बुस जुनियर०, अनि अर्का छोरा जेव बुस फ्लोरिडाका गभर्नर जो २०१६ को राष्ट्रपतिको उम्मेद्वारीका लागि ४५ औं राष्ट्रपति, तत्कालीन उम्मेद्वार डोनाल्ड ट्रम्पसँग हारेका थिए।

तेल व्यापारबाट राजनीतिमा लागेको बुस परिवारलाई कतिपय मिडियाले बेलायतको राजपरिवारसँग पनि तुलना गरे। अमेरिकी सन्दर्भमा बेलायत जस्तो राजघराना नभएर त्यो तुलना भएको होला।

बुसको निधनपछि थाहा भो उनी त यहीँ, म बस्ने नोर्वुडभन्दा करिब १२ माइल पूर्व मिल्टनमा जन्मिएका रहेछन्। सिटी फरक भए पनि काउन्टी अहिले पनि एउटै हो: नोर्फोक, म्यासाचुसेट्स्। पछि व्यापारका लागि टेक्सस बसाईं सरेका। बुसले आमापट्टीको हजुरबाको नाम लिएका रहेछन्( जर्ज हर्वर्ट वाल्कर र बाबु: प्रेस्कट् सेल्डन बुस:बाट बुस।

सायद त्यो प्रेस्कटुसँग छोरी प्रणवी पढ्ने, प्रेस्कट ईलेमेन्ट्री इस्कुलुको सम्बन्ध पो छ कि १ बुस परिवारको प्रसंग आउँदा दुइटा कुरा म सम्झिन्छुस् सुखी मान्छे र भाग्यमानी मान्छे।

पहिलो: सुखी मान्छेस् बार्वरा बुस, ४१ औं फर्स्ट लेडी, अनि ४३ औं राष्ट्रपतिकी आमा, जो बुस सिनियर भन्दा आठ महिना अघि बितिन्। मलाई लाग्छ : यिनी संसारकै सबैभन्दा सुखी महिला हुनुपर्छ।

जति नै धनी भए पनि वा गरिब भए पनि जति नै उपल्लो ओहोदामा पुगे पनि वा नपुगे पनि, मानिसका आन्तरिक रिस, दुस्ख, बेखुसीहरू त पक्कै होलान्। तर यस्तो संयोग अरु कसैले पाउला र !

ए पोर्ट्रेट अफ माई फादरुस सन २०१४ ताका किताब लेख्दै गर्दा बुस जुनिरको अन्तर्वार्ता कतै पढेको थिएँ। त्यो किताब आफ्ना पिता बित्नु अघि उनी पूरा गर्न चाहन्थे। पिताको बारेमा छोराले बनाएको तस्बिर, बाबु राष्ट्रपतिको बारेमा छोरा राष्ट्रपतिले उतारेको चित्र। आफैंमा यो महत्त्वपूर्ण छ र दूर्लभ पनि।

बावु छोरा दुबै राष्ट्रपति भएको अमेरिकी इतिहासमा यो दोस्रो हो, जोन एडम्स र छोरा जोन क्विन्सी एडम्स, क्रमशस् दोस्रो र छैटौं राष्ट्रपतिपछि बावु छोरा कमान्डर ईन चिफ भएको। बार्वरा बुसको ‘पर्स्पेक्टिभ’बाट म सोच्छुस् वेखुसी हुनुपर्ने कुनै कारण थियो होला र उनलाई यो सबै देख्दा र भोग्दा र?

दोस्रो: भाग्यमानी मान्छेस् मेघन मर्केल, हलिउडकी सामान्य एक्ट्रेस, बेलायती राजकुमार ह्यारीसँगको विवाहपछि वकिङ्घम प्यालेसकी सदस्य। विलियन डलरको ज्याकपट जित्नु के भाग्य हो र, त्यो त पैसासँग पीडा थपिएर आउने कुरा न हो। पैसा व्यवस्थापन गर्न नजाने दुई वर्षमा सडकमा, व्यवस्थापन गर्न जाने जुनिभर पैसाको दास। संसारमा भाग्यमानी को हो भनेर कसैले प्रश्न गर्छ भने मेरो पहिलो जवाफ मेघन मर्केल नै हुन्छिन्।

भाग्य र सुखको प्रसंग त बुसको निधन पछिका कमेन्टहरूमा म सुन्दिन, ती मेरा निजी विचारहरू हुन्। तर काममा आउँदा जाँदा सधैं एन पी आरमा सुनिरहेकोस् ४१ औं अमेरिकी राष्ट्रपतिको मिडिया कभरेज। एक कार्यकाल, ४ वर्षका लागि मात्र, राष्ट्रपति भएका बुस सिनियरका बारेमा धेरै कमेन्टेटरको विचार सुन्छु। लाग्छ मृत मान्छेका बारेमा देवत्वकरण संसारका सबै देशको चलन रैुछ: पहिलो विश्व वा तेस्रो, चौथो विश्व।

मानिसहरू भन्छन: बुस सिनियर धेरै सुन्थे, कम बोल्थे , अझै कम लेख्थे, त्यसैले थोरै मात्र सामग्रीहरु उपलब्ध छन् उनका बारेमा धारणा बनाउन। बरु उनी हातले चिठ्ठी लेख्थे, डायरी लेख्थे। त्यसकै आधारमा उनी राम्रा थिए भनेर टिप्पणी गरेको सुन्छु। सबै बुझी हेर्दा बुस सिनियरको कार्यकालमा भएको एउटा कुरा सम्झन योग्य रहेछस् अमेरिकन विथ डिस्अविलिटी अर्थात् ए डि ए: अपांगमैत्री कानुन।

त्यसले नै कानुनी आधार कोरेको हो अमेरिकी सार्वजनिक भवनहरू, बाटा अपांगमैत्री बन्नलाई । आँखा नदेख्नेहरूलाई सजिलो हुनेगरी बाटो काट्ने ठाउँमा ओछ्याइएका ब्लकहरू, ह्विलचेयर जानेगरी बनेका प्रत्येक सरकारी र सार्वजनिक भवनहरू त्यही कानुनको परिणाम हुन्।

अपांगमैत्री पूर्वाधार बनाउन खर्च धेरै हुने भन्दै व्यापारी, धनाढ्य र तिनका पक्षपोषण गर्ने कंग्रेस म्यानहरूबाट विरोध भए पनि बुसले त्यो कानुनमा हस्ताक्षर गरेरै छाडे। त्यो एउटा कोशेढुंगा नै भयो। जसरी त्यो निर्णय एउटा कोशेढुंगा हो, त्यसैगरी अरु कतिपय यस्ता कामहरू छन् जसले अमेरिकी समाजलाई झन् ठूलो खाडलमा जाकेको छ।

जस्तो खुला बजार।

उनी उपराष्ट्रपति हुँदाको रेगनकाल र पछि आफ्नै राष्ट्रपतित्वकालमा गरिएको निरन्तर खुला बजार नीतिले धनीलाई यतिमाथि पुर्‍यायो कि कम्पनीहरू सरकारभन्दा पनि शक्तिशाली बने। ठूला कम्पनीहरू धन सोहोर्न जे गर्न पनि सक्ने भए। कानुन आफ्नो पोल्टामा पार्न लविष्ट खटाउनेदेखि, कर तिर्न नपर्ने, नयाँ ठाउँमा कम्पनी खोल्दा अर्बौं छुट लिन सकिने चलनको विकास भयो। आखिर त्यो छुट भनेको पनि प्रकारान्तरले तिर्ने त साधारण करदाता जनता नै हुन्। धनीले धन कमाउन्, तर सामाजिक सुरक्षा र वितरणको जालो पनि त सँगै विकसित भएर जानु पर्थ्यो, तब न विभेदको खाल्डो अलि सानो हुन्थ्यो। खुला बजारका नाममा सामाजिक सुरक्षा र वितरण प्रणालीलाई यसरी उपेक्षा गरियो जसले विभेदको पुर्नै नसकिने खाडल उत्पादन गर्‍यो।

रोनाल्ड रेगनको पालामा पूरा दुई कार्यकाल उपराष्ट्रपतिको पदमा बसेका र त्यसपछि एक कार्यकाल कमाण्डर ईन चिफको कमाण्ड सम्हालेका बुसले पक्कै केही राम्रा काम गरे होलान्। सम्झनलायक निर्णय भयो होला। सँगै उनका पालामा लिइएका कतिपय निर्णयहरू नरुचाइएको वा त्यसका कारण अमेरिकी समाजले कुनै खालको नतिजा भोग्नुपरेको पनि होला। त्यसबेलाको जनमतलाई मन नपर्ने काम पनि त भए होलान्।

त्यो समय, जतिबेला खुला बजार नीति नै आर्थिक विकासको एउटैमात्र अचुक अस्त्र हो भनियो, बर्लिनको पर्खाल ढल्यो, शित युद्ध समाप्त भयो, गल्फ युद्ध भयोस यी सबै घटनाहरूको परिदृश्य विश्लेषणमा सिनियरको राष्ट्रपतित्वकालको चर्चा भएको, राम्रारनराम्रा दुवै कोणबाट हेरिएको खासै देखिन। अझ प्रसारण मिडियामा त झनै गुनगानका बाजा मात्र सुन्छु। छापा केही हदसम्म विश्लेषणात्मक लाग्छ ।

नीति निर्णयको जिम्मेवारीमा बस्नेले लिएका निर्णयहरू सबै राम्रा हुन्छन् भन्ने हुन्न, र नराम्रै मात्र हुन्छन् भन्ने पनि हुन्न। तत् समयको आवश्यकता, बुझाइ र उनको वरिपरिका सहयोगीहरूले दिएको सल्लाह अनुसार गरिएको कामको असर जस्तो पनि हुन सक्छ। तर, मूल्यांकन कसरी भैरहेको छ भन्ने दृष्टिबाट हेर्दा मलाई लागेको छ। जहाँ रहे पनि आखिर हामी मान्छे खासै भिन्न कहाँ छौं र, ‘मरेका मान्छेको बारेमा किन नराम्रो बोल्नु’ सोच त सबैको एउटै नै हुने रहेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083