माग्ने र दिने गरेर पार्टी एकता हुन्न

7.09K
shares

अहिले पार्टी एकताको कुरा गर्दा एमाले र माओवादी दुवै पार्टी भित्र अलिअलि अहंकार देखिन्छ, अलिअलि घमण्ड देखिन्छ,

दुबैले यसलाई त्याग्न सकेको खण्डमा देशले सहि नेतृत्व र निकास अनि विकास पाउने निश्चित छ । जव २०५२ फाल्गुन १ गते माओवादी जनयुद्ध प्रारम्भ भयो तब नेपालमा मात्रै होइन यो विश्वमै चर्चाको विषय बन्यो । अहिले पनि कं. प्रचण्ड र माओवादी र चर्चाको केन्द्रमै छन् । जनयुद्ध कसैले नसोचेको अनौठो र अचम्म लाग्दो विषय थियो । यो जानेर गरेको काम पनि थिएन । गर्दै सिक्दै फेरि गर्दै अघि बढेको थियो ।

माओवादी पार्टी नेतृत्वले दिएको आदेशको भरमा देश भरका हज्जारौ मानिस परिचालित थिए । त्यो स्थानमा फर्केर हेर्ने हो भने हिजो आफैले गरेका प्रत्येक काम आज अनौठो र अचम्म लाग्दो बिषय बन्न पुगेका छन् । किनकी राजतन्त्रसँग सबै वाक्क दिक्क भएका थिए । आम मनोविज्ञान राजतन्त्रको विरुद्धमा थियो । जनतामा त्रासको वातावरण थियो । भित्रभित्रै मुरमुरिएका जनताको मनोविज्ञानको विश्लेषण गरेर तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । कलिला स्कुले नानी देखि कपाल पाकेका हजुरबा सम्मले जनयुद्धमा सहभागिता जनाए ।

समय वित्दै जाँदा ठुलो ग्रामिण भू–भाग माओवादी पार्टीको कब्जामा पुग्यो । राज्यको उपस्थिती शहरी इलाकामा मात्र केन्द्रित हुन थाल्यो । योजना र अपेक्षा भन्दा छिटै यस्तो अवस्थाको सृजना हुनुमा जनयुद्धमा आम जनताको सहभागिता एउटा मुख्य कारण थियो । अझ भन्नु पर्दा १० बर्षको छोटो अबधिमा चालीत जनयुद्धले नसोचेको ठूलो उपलब्धि हासिल गर्न सफल भएको हो । यो कुरालाई कदापि भुल्न हुदैन । यदि भित्र भित्रै भावनात्मक एकता भएको थिएन भने १२ बुँदे समझदारी संभवै थिएन । वृहत शान्ति संम्झौता हुने थिएन । राजतन्त्र कसैले एक्लै हटाएको पनि होइन । हटाउन सक्ने कुरा पनि थिएन ।

त्यहि जनयुद्धकै बलमा २०६२र२०६३ मा जनआन्दोलन संभव र सफल पनि भएको हो । यसरी जनयुद्ध र जनआन्दोलनको सम्बन्ध नङ र मासुको जस्तो छ । यो कुरा स्विकार्न सक्नु पर्छ । यदि भित्र भित्रै भावनात्मक एकता भएको थिएन भने १२ बुँदे समझदारी संभवै थिएन । वृहत शान्ति संम्झौता हुने थिएन । कुनै बेला नेपाली कांग्रेस ठूलो पार्टी थियो । कुनै बेला माओवादी ठूलो पार्टी थियो । अहिले एमाले ठूलो बन्नु राजनीतिक यात्रामा त्यति अचम्म लाग्दो कुरा होइन । उतिबेला मनमोहन अधिकारी संग पार्टी एकता गर्दा पनि दुबै पक्षबाट चौध चौध सदस्य मिलाएर कमिटी बनाइएको थियो ।

संख्यामा भन्दा पनि गुणमा हेर्नु पर्छ । एकताले दिने सन्देशका बारेमा सोंच्नु पर्दछ । राजतन्त्र कसैले एक्लै हटाएको पनि होइन । हटाउन सक्ने कुरा पनि थिएन । जनताले नयाँ संविधान पाएका छन । गणतन्त्र संघियता तीनै तहको सरकार यो सबै एक पछि अर्को सफलता त्यतिकै प्राप्त भएको होइन । त्यसको जगमा जनयुद्ध थियो । त्यसो भए जनयुद्ध शब्द दस्तावेजमा उल्लेख गर्न किन कठिन रु अव यो कलाविहिन नाटकको अन्त गरौ । र पार्टी एकतालाई मुर्तता दिऔ । यसैमा दुबै पार्टी र आम जनता अनि नेपालको भलो हुन्छ ।

कुनै बेला नेपाली कांग्रेस ठूलो पार्टी थियो । कुनै बेला माओवादी ठूलो पार्टी थियो । अहिले एमाले ठूलो बन्नु राजनीतिक यात्रामा त्यति अचम्म लाग्दो कुरा होइन । उतिबेला मनमोहन अधिकारी संग पार्टी एकता गर्दा पनि दुबै पक्षबाट चौध चौध सदस्य मिलाएर कमिटी बनाइएको थियो । संख्यामा भन्दा पनि गुणमा हेर्नु पर्छ । एकताले दिने सन्देशका बारेमा सोंच्नु पर्दछ । अहिले कसैले म ठूलो र गतिलो पार्टी भनेर अहंकार गर्नु पर्ने छैन । कुनै बेला नेपाली कांग्रेस ठूलो पार्टी थियो । कुनै बेला माओवादी ठूलो पार्टी थियो ।

अहिले एमाले ठूलो बन्नु राजनीतिक यात्रामा त्यति अचम्म लाग्दो कुरा होइन । उतिबेला मनमोहन अधिकारी संग पार्टी एकता गर्दा पनि दुबै पक्षबाट चौध चौध सदस्य मिलाएर कमिटी बनाइएको थियो । संख्यामा भन्दा पनि गुणमा हेर्नु पर्छ । एकताले दिने सन्देशका बारेमा सोंच्नु पर्दछ । सहि विचार, त्याग वलिदान नेतृत्वको क्षमता, कार्य कुशलता, कार्यनीतिक, रणनीतिक योजना निर्माण सबैकुराको तालमेल पछि एउटा जीवित पार्टी संगठन, बन्ने हो ।

त्यसैले सय चोटी सोंचेर सम्मानजनक ढंगले पार्टी एकता गर्नु पर्दछ । यो अवस्थासम्म आइपुग्दा हज्जारौ आमाको काख रित्तिएको छ । बालबालिका टुहुरा भएका छन । दिदि बैनीले जीवन साथि गुमाएका छन । त्यसैले यो एकता कसैले दिनु परेजस्तो र कसैले हात थाप्नु परेको जस्तो हुनुहुँदैन।