लकडाउनमा प्रहरीको ज्यादती र निर्ममता बढ्यो: हामी निरिह भयौं

10.14K
shares

काठमाडौ । देश कोरोना विरुद्ध लडाइमा छ, लकडाउन छ र सरकार साना मसिना कुरा नउठाउन भनिरहेछ । तर अफ्टेरो कस्तो छ भने सरकारलाइ झिना मसिना लाग्ने कुराहरु कहिलेकही नागरिकका लागि अनिवार्य र अत्यावश्यक हुन्छन्  । जस्तो की आधारभूत ओखतिमूलो  , खाध्यान्न / तरकारी , बच्चहरुका लागि दुध र यस्तै यस्तै कुराहरु ।

हाम्रा हाकिमहरु र तिनका हाकिमहरुको अगाडी यो अफ्टेरामा पनि अनेक सुविधाहरु छन्,  गाडी छ , गाडी चलाउन पास छ,  किनमेलका लागी सहयोगीहरू छन् , र हिडडूल सहज वनाउन बर्दी छ !!  आम मानिस संग के छ ? ती संग निरिहता छ, यी निरिहय प्रतिनिधि पात्र हुन काठमाडौ रानीबारीका विनोद लोहनी ।

 वैशाख सात गते(आइतबार ) विहानै विनोद लोहनीका दुइ बहिनी आफ्नी वृद्ध हजुरआमाका लागि दमको ओखति किन्न स्कुटरमा निस्किए । रानीबारि चोकको पुलिस विटले स्कुटर समात्यो । र बहिनीले स्कुटर समात्यो भनेर फोन गरेपछी विनोद पुलिसविटमा गए । र  उनको निरिहता सुरु भयो ।

झण्डै ३ फिटको दुरीमा उभिउका विनोद संग एक इनिस्पेक्टर हाते माइकमा कुरा गर्दै थिए र माइको चर्को स्वरले उनको कान चर्कदै थियो । उनका तीन गल्ती थिए ,  मास्क नलगाउनु , पुलिसले पक्रिएको स्कुटर लिन घर बाट ३ मिनेको दुरीमा रहेको विटमा जानु,  र पुलिसलाइ नसघाउनु !!  सुरुमा पुलिसले मास्क लगाएर आउन भनेर आग्रह गर्‍यो ।  निरिहय विनोद एउटा कपडाको टालो मुखमा वाधेर फेरी फर्किए । त्यसमा उनको के गल्ती, जे थियो त्यही लगाए, आजभोली मास्क पाउन पनि त, सजिलो छैन ।

अनि  अर्को गल्ती  थपियो , उनी लकडाउन उल्लङ्घनकर्ता भए । मान्छे पक्रिने सनासोले मलाइ पक्रिइयो र हल्लाउन थालियो  !  इनिस्पेक्टर सा’व एउटा कपडाको टालो च्यापुमा वाँधेर हाते माइकवाट विनोद लाइ चुप लागेर बस्न र  लकडाउन उल्लङ्घन नगर्न सम्झाउदै थिए, उनी बबुरो अर्को कपडाको टुक्रोले टालिएको मुखबाट स्कुटर छोडिदिन र  दमकको औसधि किन्न जान दिन आग्रह गर्दै थिए ।   ( सुरक्षित दुरी बनाउन प्रहरी म संग ४ फिट परबाट माइकमा बोल्दै थिए।

एकछिन पछि विनोदका बाबु  र  परिवारका सदस्यहरु पनि विटसम्म आइपुगे  ! करिब घर देखी २ मिनेटको दुरीमा रहेको विटमा छोरो पक्रिइएको देखे पछि, छोरालाई छाड्दिन अनुरोध गरे, प्रहरी निरीक्षक सगं आग्रह गरे त्यो स्वभाभिक  नै थियो ।  विनोदका बुबा सग संग केही सवाल जवाफ पछि उनी  छुटे  , स्कुटरको गिरफ्तारी कायम थियो,उनी घर तर्फ लागे र हाम्रो मिडियाको टिम पनि  कार्यालय तर्फ फर्कियो,

हामी उनको सम्पर्कको लागि मोबाइल फोन नम्बर लिएका थियौ, कार्यलय फर्के लगत्तै हामीले त्यस बारे थप जानकारी लिन, उनलाई सम्पर्क गर्‍यौ,

सम्पर्क पछि, उनले दुख पोख्दै भने, मुक्तखबर सग भने- गृहमन्त्रालयका साथीहरूलाइ घटना वृत्तान्त सुनाए ।
त्यस लगत्तै  काठमाडौका डिआइजी सा’बसंग कुरा हुँदा स्कुटर लिन जान भन्नु भयो । म गए , फेरी पनि गिरफ्तारीबाट स्कुटर छुटेन ! मैले सोही विट बाटै  डिआइजी सा’वलाइ फोन गरे र त्यो फोनमा सम्बन्धित प्रहरी मित्रले कुरा गर्न समेत तयार हुनु भएन । मैले अकस्मात मेरो निरिहताको गुरुत्व वोध गरे ।

यसको झण्डै एक घण्टा पछि बहिनी गएर स्कुटर लिएर आइ । अौषधि पनि आयो र  स्कुटर  पनि आयो, र केहि अनुभव पछि मेरो तत्कालको समस्या हल भयो । नागरिको गुनासो सुनेर समस्या हल गरिदिन प्रयत्न गरिदिनुभएकोमा म काठमाडौ डिआइजी , प्रहरी संयन्त्रका अरु मित्रहरू र गृह मन्त्रालयका साथीहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु । उहाँहरुको सद्भावले मेरो दुख साच्चै कम भएको छ, उनले भने।

यस अनुभवले केही प्रश्नहरु सिर्जना गरेको विनोद बताउछन् । उनी भन्छन् – प्रहरी हामीलाइ भन्छ , हामी तपाइको सेवाका लागी छौ, त्यसकारण हामी संग केही विशेषाधिकारहरू छन् ! जस्तो म मानिसलाइ मौखिक आदेशका भरमा सडकमा उभ्याउन सक्छु । म लकडाउनमा पनि  समुहमा हिड्न सक्छु । म मास्क नलगाउन सक्छु तर तपाइले मास्क लगाउनु पर्ने छ   आदी-इत्यादि ।

निश्चय नै प्रहरी हाम्रो सेवामा छन्  र यसका लागी नागरिक प्रहरीसंग कृतज्ञ छ । तर के एउटा किसान हाम्रो सेवामा छैन ? उसले उब्जाएको अन्नले हाम्रो जीवन धानिएको छैन ? के एउटा मजदुर हाम्रो सेवामा छैन ? उसको शिप र श्रमले तपाइहाम्रो जीवन जीवनजस्तो भएको हैन ?  यो संकटमा देश देख्न आतुर ती सवै नागरिकहरू जसले पठाएको रेमिटेन्सले यो देश चलेको छ , ती तपाइ हाम्रो सेवामा छैनन् ?   यस संसारमा कुन त्यस्तो प्राणी छ जसले अरुको सेवा गर्दैन ? सवैले गर्छन् ।

त्यसो भए किसानमा नआउने, मजदूरमा नआउने, वा अरु कुनै सामान्य जनमा नआउने घमण्ड प्रहरीलाइ किन आउछ ?  हाम्रो सामाजिक संरचनामा , हाम्रो राज्य प्रणालीमा के यस्तो त्रुटी भयो कि कसैमा अरुको सेवा गरेका कारण अहंकार पैदा हुन्छ र कोही भने आफ्नै घर जान समेत नसक्ने गरी निरिह हुन्छ  ?

 एक समय हाम्रो राजनितिक आन्दोलनमा यस्ता मानिसहरुको वाहुल्यता थियो जो देश र जनता प्रति समर्पित थिए । हाम्रो आन्दोलनको हरेक मानिसलाइ यसकारण आत्म गौरव थियो । विस्तारै हामीलाइ लाग्यो हामी मुक्तिदाता हौँ र सामान्यजन सामान्य जन हुन् । यसपछि के भयो ? हाम्रो आन्दोलनका नेताहरू नै विगत र आजको पार्टी देखेर छक्क परिरहेको बताउछन् ।

इतिहासमा विरलै प्राप्त हुने बहुमत भएको सरकारको प्रधानमन्त्री “सरकारका राम्रा कामहरूको” सही प्रचार गर्न एकजाना पनि मानिस छैनन् भनेर प्रश्न गरिरहन्छन् ! एक नेता भ्रष्टाचारको विषय उत्तरित गर्दा प्रश्न गर्ने मानिस नजन्मदै म क्रान्तिमा होमिइसकेको थिए , जेल परिसकेको थिए भन्छ । अनि एउटा प्रहरी औषधि किन्न जादा मैरै सेवाका लागि मलाइ सनासोले चेपेर राख्छ ।

सेवाभावका कारण घमण्ड र अहं पैदा भएपछी के हुन्छ भन्ने जान्नका लागि नेपाली कम्युनिष्ट आन्दोलन एउटा सानदार उदाहरण हो । सेवा भावका कारण पैदा हुने अहंभावले हाम्रो प्रहरी संगठन कता जादैछ ? यसले हाम्रा अरु संरचनाहरुलाइ कता लैजान्छ ?   सल्लाह गर्ने समय आएन र  ? विनोदले प्रश्न  गरे,

उनले सरकार प्रति आक्रोश पोख्दै भने- ओखती किन्न जाँदा रानीबारी विटमा मलाइ सनासोले चेपेर लौरोले घोच्दै  भाइरस शास्त्र पढाउने ती प्रहरी इनिस्पेक्टर प्रति म कृतज्ञ छु । ति नभएका भए मेरा मनमा यी प्रश्न उठ्ने थिएनन् ! अब साच्चै पुरै पुलिस संगठन ” पुलिस दाइ ” बाट साच्चैको  “प्रहरी हाम्रो साथी” मा फेरिन कति समय लाग्ला है ? अनि लकडाउन र यो खुलेपछी रोजीरोटिमै व्यस्त हुनुपर्ने हामीले हाम्रो जीन्दगीमा प्रभाव पार्ने यी र यस्ता अरू थुप्रै प्रश्नहरूमा छलफल कहिले गर्ने होला ? कसरी गर्न होला ?

यी र यस्ता  घटनाका प्रतिनिधि पात्र मात्र हुन्  विनोद लोहनी, प्रहरीले अनाहकमा कुटपिट गरेका घटना थुप्रै छन्, यतिबेला महामारीको रोकथामका लागि भनेर मानिसहरु चुप लागेर बसेका छन्’, मावन अधिकारकर्मीहरु भने प्रहरीको उद्दण्डताले सीमा नाघेको बताउँछन् । यो मानव समवेदनशील विषयमा समेत निर्मम बन्ने प्रहरी प्रशासन अब केहीले सम्म निर्मम बन्ला त?
– खबर रिपोर्टर कलम प्रहार ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083