अस्थाई प्रहरी बिट दुर्गापुरको उद्घाटन कार्यक्रम सम्पन्न

3.25K
shares

झापा ।  कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेलकाे प्रमुख आतिथ्यता  जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीकाे विशिष्ट आतिथ्यतामा अस्थाई प्रहरी बिट दुर्गापुरको उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ ।

जिल्ला झापा कनकाई नगरपालिका वडा नं.७ दुर्गापुर स्थितमा कनकाई नगरपालिकाको आर्थीक सहयोग तथा स्थानिय र प्रहरीको सक्रिय सहभागितामा सम्पन्न अस्थाई प्रहरी बिट दुर्गापुरको उद्घाटन भएकाे हाे । उक्त कार्यक्रममा कनकाई नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष भिष्म भुषण सिटौलाको अध्यक्षता रहेकाे थियाे ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय अनारमनी झापाका कार्यलय प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्की लगायत बिभिन्न राजनैतिक दलका प्रतिनिधी, पत्रकार, स्थानिय बुद्दीजिबी, भद्रभलादमी, स्थानिय जनप्रतिनिधी र नेपाल प्रहरीहरु लगाएतकाे उपस्थीती रहेको थियो ।