जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको अनुगमन, निरीक्षण एवम् निर्देशन कार्यक्रम
वि.सं.२०८० फागुन १ मंगलवार १७:४०
shares

रुकुम । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको अनुगमन गर्नु भएकाे छ ।
समग्र वस्तुस्थिति, कार्यालय भवन परिसर, शाखाहरु, स्रोत साधन, हिरासत कक्ष, निर्माणाधिन भवन, नवपर्वद्धनात्मक कार्यहरू, कार्यालयबाट सम्पादित काम कारवाही, सेवा प्रवाह र गुनासो सम्बोधनको विषयमा स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको हाे ।
निरीक्षण पश्चात कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा, फरार प्रतिवादी पक्राउ, पेण्डिङ् मुद्दाको फर्स्यौटमा विशेष तिव्रता, सचेतनामूलक कार्यक्रमहरू सञ्चालन लगायत नागरिकमैत्री सेवा प्रवाह गर्न, आचरण व्यवहार सुदृढ गरी दिईएको जिम्मेवारी उच्च मनोबलताका साथ पुरा गर्न आवश्यक निर्देशन दिनु भएको थियाे ।


















