उपत्यका ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेलकाे प्रमुख आतिथ्यतामा ‘ट्राफिक नियन्त्रण तालिम’ सम्पन्न
वि.सं.२०८० फागुन १ मंगलवार १८:०१
shares

काठमाडौ । काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलकाे प्रमुख आतिथ्यतामा ट्राफिक नियन्त्रण तालिम सम्पन्न भएकाे छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा १५० औँ समूहको ट्राफिक नियन्त्रण २०८०।०९।०२ गते गतेदेखि सञ्चालित उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम आज सम्पन्न भएकाे हाे ।
कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक पोखरेलले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्य क्षेत्रमा ईमान्दारिताका साथ निर्वाह गरी सेवाग्राहीहरुलाई ट्राफिक प्रहरी मात्र नभई सिङ्गो प्रहरी संगठनले नै प्रदान गर्ने सुरक्षाको प्रत्याभूति दिलाउने कार्य कुशलतापूर्वक सम्पादन गर्नुका साथै बदलिदो समय अनुसार ट्राफिक प्रहरीले आफुलाई पनि परिवर्तन गर्दै लैजानुपर्ने आवश्यक निर्देशन सम्वोधन प्रदान गर्नुभयो ।
तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने क्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रविन कार्कीले सो तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ९ जना र प्रहरी जवान ३९ जना (९ महिला ) गरी ५० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा कार्यालयका प्रतिनिधी र यस कार्यालयका सिनियर प्रहरी अधिकृत एवं जुनियर प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

















