प्रहरी प्रहरी बरिष्ठ उपरीक्षकको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न
वि.सं.२०८० फागुन १ मंगलवार १८:३१
shares

काठमाडौ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा प्रहरी प्रहरी बरिष्ठ उपरीक्षकको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएकाे छ ।
मानव वेचबिखन अनुसन्धान व्यूरो काठमाण्डौमा सरुवा भई नयाँ कार्यक्षेत्रतर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी बरिष्ठ उपरीक्षकहरु ओम बहादुर रानाकाे बिदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको हाे।
बिदाई तथा फेरी भेटौँला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रहरी बरिष्ठ उपरीक्षकहरु ओम बहादुर रानाले यस कार्यालयमा कार्यरत रहँदा कार्यकुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो ।
उक्त कार्यक्रममा प्रहरी नायव महानिरिक्षक दुर्गा सिंह, प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।



















