खोटाङमा नेकपाका उम्मेदवार हरि रोका

2.46K
shares
खोटाङ । नेपाली कम्युनिस्ट पार्टीले खोटाङमा हरी रोकालाई उम्मेदवार बनाएको छ । अर्थ–राजनीतिक विश्लेषक रोका संविधान सभा सदस्य हुन् । केही वर्षदेखि उनी खोटाङ फर्किएर कृषि उद्यममा सक्रिय छन् । जिल्लाको भूगोल र राजनीतिसँग परिचित रोकालाई नेकपाले प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

‘मेरो निर्वाचन क्षेत्रका जनताबाट प्राप्त माया, विश्वास र समर्थन नै मेरो सवैभन्दा ठूलो शक्ति हो । तपाईँहरुको भरोसालाई विकास र सेवामा रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ टिकट पाएपछि रोकाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।