एसएसपी वसन्त रजौरेद्वारा त्रिभुवन विमानस्थल सुरक्षा प्रमुखमा ग्रहण

3.48K
shares

नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेश अनुसार राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, नक्सालबाट सरुवा भई एसएसपी रजौरे विमानस्थल सुरक्षा कार्यालय प्रमुखका रूपमा नियुक्त हुनुभएको हो।

आज आयोजित संक्षिप्त तर औपचारिक कार्यक्रममा डीएसपी ढुण्डिराज न्यौपाने ले एसएसपी रजौरेलाई कार्यालयमा स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो। जिम्मेवारी ग्रहणपछि एसएसपी रजौरेले विमानस्थल सुरक्षालाई अझ सुदृढ, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, टोलीगत समन्वय, अनुशासन र नागरिकमैत्री सेवामा जोड दिने निर्देशन दिनुभयो।

कार्यक्रम कार्यालय प्रमुखको निर्देशन सम्बोधनसँगै सम्पन्न भएको थियो।


divya collage
unigloble collage