डीआइजी भूपेन्द्र खत्रीले सम्हाले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

4.67K
shares

लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा आयोजित विशेष कार्यक्रममा डीआइजी खत्रीको स्वागत तथा पदभार ग्रहण समारोह सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ अधिकृतहरू, विभिन्न जिल्लाका प्रहरी प्रमुखहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

पदभार ग्रहणपछि डीआइजी खत्रीले प्रदेशमा शान्ति सुरक्षा, सुशासन, अपराध नियन्त्रण तथा जनमैत्री प्रहरी सेवा लाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संगठनभित्र अनुशासन, व्यावसायिकता र पारदर्शिता लाई थप सुदृढ बनाउँदै नागरिकमा सुरक्षाको अनुभूति दिलाउने लक्ष्यसहित कार्य गर्ने बताउनुभयो।

यसअघि केन्द्रिय अनुसन्धान ब्युरोमा कार्यरत रहँदा डीआइजी खत्रीले गम्भीर अपराध अनुसन्धान, संगठित अपराध नियन्त्रण तथा प्रविधिमैत्री अनुसन्धान प्रणाली विकासमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो। उहाँको अनुभवले लुम्बिनी प्रदेशको सुरक्षा व्यवस्थापन थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा उपस्थित अधिकारीहरूले नयाँ नेतृत्वमा प्रदेश प्रहरी संगठन थप सशक्त, उत्तरदायी र परिणाममुखी बन्ने विश्वास व्यक्त गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083