भक्तपुरको बाल सुधारगृहमा हिंसात्मक झडप
वि.सं.२०८२ माघ ९ शुक्रवार १२:२९
1.98K
shares
shares

९ माघ,भक्तपुर । मध्यपुरठिमी–२ सानोठिमीस्थित बाल सुधारगृहमा गएराति दुई समूहबीच भीषण झडप भएको छ । झडप हिंसात्मक बन्दा सुधारगृहमा आगजनी र तोडफोडसमेत भएको छ ।
स्थिति नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि नै ढुंगामुढा भएपछि अवस्था झन् तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलका ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मध्यरातमा लागेको आगो निभाउन भक्तपुर र काठमाडौंका दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।
हाल स्थिति नियन्त्रणमा लिइएको छ तर अवस्था पुनः बिग्रन सक्ने भन्दै सुधारगृह वरपर कडा सुरक्षा व्यवस्था गरिएको छ ।
प्रहरीका अनुसार घटनाबाट भएको क्षतिको विवरण संकलन भइरहेको छ ।
सानोठिमीस्थित बाल सुधारगृहमा १६९ जना ९१४५ पुरुष र २४ महिला राखिएका छन् ।































