बानेश्वर बहुमुखी क्याम्पसको ३५औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

4.91K
shares

काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसको ३५औँ वार्षिकोत्सव  कार्यक्रमका सम्पन्न भएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दिपक अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरीबोल भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरज चन्द्र लामिछाने, लक्ष्मण लम्साल तथा क्याम्पस प्रमुख डा. घमान सिंह खड्का विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा पुर्ब क्याम्पस प्रमुख केदार न्याैपाने,रमेश काेईराला, राष्ट्रिय गायिका रचना रिमाल, स्वतन्त्र विद्यार्थी यूनियन बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्यालले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिमा क्याम्पसले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। त्यसैगरी विशेष अतिथि लामिछाने र लम्सालले पनि क्याम्पसको शैक्षिक योगदानबारे मन्तव्य राख्नुभएको थियो। स्ववियु अध्यक्ष अधिकारीले विद्यार्थीका हक, हित र शैक्षिक वातावरण सुधारमा निरन्तर प्रतिबद्ध रहने बताउनुभयो।

यसैबीच, क्याम्पस प्रमुख डा. खड्काले क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त गर्न सफल भएको जानकारी दिनुभयो। उहाँका अनुसार २०४७ सालमा प्रवीणताप्रमाणपत्र तहबाट सुरु भएको क्याम्पसमा हाल आफ्नै भौतिक संरचनासहित शिक्षा, मानविकी तथा व्यवस्थापन संकायअन्तर्गत स्नातक र स्नातकोत्तर तहमा करिब तीन हजार विद्यार्थी अध्ययनरत छन्। साथै, न्यून आय भएका तथा जेहेन्दार विद्यार्थीका लागि पब्लिक क्याम्पस प्रभावकारी विकल्पका रूपमा स्थापित भएको उहाँले बताउनुभयो।

वार्षिकोत्सवका अवसरमा दीर्घ सेवा गर्ने प्राध्यापक तथा कर्मचारी, विद्यावारिधि हासिल गर्ने व्यक्तित्वहरू र विभिन्न संकायका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा क्याम्पस सञ्चालक सदस्य, प्राध्यापक, कर्मचारी, बुद्धिजीवी, समाजसेवी, स्ववियु पदाधिकारी, विभिन्न संगठनका प्रतिनिधि, विद्यार्थी तथा पूर्व विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

  

Oplus_131072

Oplus_131072
Oplus_131072
Oplus_131072
Oplus_131072
Oplus_131072

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083