नेपाल प्रहरीका एक अनुभवी र सफल कमाण्डरका रूपमा परिचित एसएसपी रमेश थापा

494
shares

काठमाडौ । काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दा उनले उच्च सुरक्षा सतर्कता र व्यावसायिकता प्रदर्शन गरेका थिए । उनले काठमाडौँको सुरक्षा कमाण्ड सम्हाल्दा सम्भावित हिंसात्मक गतिविधि र अशान्तिलाई न्यून गर्न विशेष योजना कार्यान्वयन गरेका थिए। विशेष गरी, उच्च जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मीहरूको प्रत्यक्ष निगरानी र निर्देशनमा उनले सुरक्षा व्यवस्था मजबुत बनाएका थिए।

उनको नेतृत्वमा कडा अनुगमनका कारण ठूला अप्रिय वा हिंसात्मक घटनाहरू हुन पाएनन्। उनले “हिंसात्मक गतिविधिमा संलग्न हुन खोज्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन” प्रत्यक्ष निर्देशन दिएका थिए।

एसएसपी थापाको कमाण्डमा गुण्डा र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू विरुद्ध कडा कारबाही (अपरेसन) सञ्चालन गरिएको थियो। उनले पोखरा (कास्की) र उदयपुरको प्रहरी प्रमुख भएर काम गर्दा पनि अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेलेका थिए ।

एसएसपी रमेश थापा अनुशासित तरिकाले मातहतका प्रहरीलाई परिचालन गर्ने र स्थानीय समुदायसँग समन्वय गरेर काम गर्ने अधिकारीका रूपमा चिनिन्छन्।

काठमाडौँको कमाण्ड सम्हालेपछि उनले थापाथली र बानेश्वरको गैरीगाउँस्थित बागमती नदी किनारका अनधिकृत सुकुम्बासी बस्तीहरू कुनै अप्रिय घटना बिना नै खाली गराउन सफल भएका छन्।

प्रहरी वृत्तमा उनी एक “व्यावसायिक अधिकृत” को रूपमा चिनिन्छन्। उनले उच्च व्यावसायिक निष्ठाका साथ काठमाडौँको सुरक्षा व्यवस्थापन गरिरहेको बताएका छन्।