राजधानीको बालाजुमा बसमा आगजनी
वि.सं.२०७५ चैत १९ मंगलवार १०:३६
6.72K
shares
shares

काठमाडौं। राजधानीको बालाजुमा एक बसमा आगजनी भएको छ। बालाजु चोक नजिकै रोकेर राखिएको बा ४ ख ३०८५ नम्बरको बसमा सोमबार राती आगजनी भएको हो।
आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ। बसमा आगजनीको खरबसँगै दमकल र प्रहरी आगो निभाउन पुगेपनि त्यतिबेलासम्म बस पूर्णरुपमा क्षतिग्रस्त बनिसकेको थियो।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।































