हावाहुरी प्रभावित क्षेत्रमा जाँदै प्रचण्ड र देउवा

5.45K
shares

काठमाडौं। आइतबार राति बारा र पर्सामा आएको हावाहुरीका कारण त्यहाँ विपद मच्चिएको छ। यसैबीच राजनीतिक दलका शीर्ष नेताहरू प्रभावित क्षेत्रमा जाने भएका छन्।

प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा बिहान ९ बजे त्यसतर्फ जाने कार्यक्रम रहेको छ भने नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ११ बजे त्यसतर्फ जाने कार्यक्रम रहेको उनीहरुको सचिवालयले जनाएको छ।

दुवै नेताहरूले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई राहत तथा उद्धारको काममा खटिन निर्देशन दिएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य केही मन्त्रीहरू सोमबार नै बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्रमा पुगेर पीडितसँग भेटघाट गरेका छन्।

आकस्मात आएको हावाहुरीका कारण बारा र पर्सामा गरी अहिलेसम्म २७ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ। त्यस्तै ६०० बढी नागरिक घाइते अवस्थामा रहो छन्। विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पुर्ण कार्यक्रम स्थगित गरेर सोमबार नै प्रभावित क्षेत्रको हवाइ नीरिक्षण गरिसकेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083