सर्वोच्च अदालतमा ५ जना न्यायाधीश सिफारिस
वि.सं.२०७५ चैत १९ मंगलवार १२:३६
6.45K
shares
shares

काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका ५ जना न्यायाधीश सिफारिस भएका छन्। मंगलबार बसेको न्याय परिषदको वैठकले ५ जना न्यायाधीश सिफारिस गरेको हो।
न्याय परिषदको वैठकले प्रकाश कुमार ढुंगाना, सुस्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोज शर्मालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो।
सर्वोच्चको न्यायाधीशमा सिफारिस भएकामध्ये ढुङ्गाना उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन भने माथेमा उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश हुन्।
सर्वोच्चको न्यायाधीशमा कानून व्यवसायीको तर्फबाट सिफारिस भएका फुयाँल पूर्वमहान्यायाधीवक्ता समेत हुन्। फुयाँल केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्री कालमा महान्यायाधीवक्तामा नियुक्त भएका थिए।































