बारा-पर्साका हुरीपीडितलाई सुदूरपश्चिमबाट १ करोड सहयोग
वि.सं.२०७५ चैत १९ मंगलवार १५:१७
shares

धनगढी। बारा र पर्साका आँधी-हुरी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले १ करोड सहयोग उपलब्ध गराउने भएको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको वैठकले आँधी–हुरी पीडितलाई १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
आँधी-हुरी पीडितको राहात, उद्दार तथा पुनस्र्थापनाका लागि भनेर सुदूरपश्चिम प्रदेश सरकारले १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहका अनुसार १ करोड सहयोग रकम प्रदेश नम्बर २ सरकारले स्थापना गरेको मुख्यमन्त्री राहत कोषमा जम्मा गरिने छ।
आइतवार आएको आँधी-हुरीबाट बारा र पर्सा जिल्लामा गरी २९ जनाको मृत्यु भएको छ। आँधी-हुरीबाट करिब ७ सय जना घाइते भएकोमा २ सय ५० भन्दा बढीको अहिले पनि उपचार चलिरहेको छ। यसअघि ३ नम्बर प्रदेश सरकारले पनि आँधी-हुरी प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो।































