मृतकका परिवारलाई पाँच लाख दिने प्रचण्डको घोषणा
वि.सं.२०७५ चैत १९ मंगलवार १५:२८
5.08K
shares
shares

काठमाडौं। नेपाल कम्यनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हावाहरीका कारण मृत्यु भएकाको परिवारलाई पार्टीका तर्फबाट पाँच लाख दिने घोषणा गरेका छन्। मंगलबा अप्राह्न बाराको फेटा गाँपालिका(६ पुरैनियाको निरीक्षण तथा राहत वितरणपछि उक्त घोषणा गरेका हुन्।
उनले हावाहरीबाट भत्किएका घरहरू संघीय सरकारले निर्माण गर्ने पनि बताए। उनले यसअघि वीरगञ्जस्थित नेश्नल मेडिकल कलेजमा पुगेर घाइतेहरूको अवस्थाका बारेमा जानकारी लिएका थिए।
अध्यक्ष दाहालले मंगलबार दिउँसो हावाहरू प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै राहतहरू वितरण गरेका थिए। आइतबार साँझ आएको हावाहुरीका कारण वारा र पर्सा अहिलेसम्म २९ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्।




























