काठमाडौंमा यसवर्षकै चिसो, ०.६ डिग्री तापक्रम

२०७६ पुस १२ शनिवार
1.2K
shares
काठमाडौंको। तापक्रम ०.६ डिग्री सेल्सियसमा झरेको छ । जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री मापन गरिएको जानकारी दिएको हो ।
यसअघि बिहीबार काठमाडौंको तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरिएको थियो। विभागले तापक्रम घट्न पनि सक्ने वा बढ्न पनि सक्ने बताएको छ । काठमाडौंको तापक्रम यस वर्षकै कम रहेको छ ।
दिउँसो देशको पूर्वी पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राति देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७६ पुस १२ शनिवार