कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै संसद बैठक स्थगित गर्न माग
वि.सं.२०७६ फागुन २३ शुक्रवार १३:०७
5.21K
shares
shares

मुक्तिखबर,काठमाडौं ।
विश्वभर कोरोना भाईरस अर्थात् कोभिड १९ संक्रमणलाई लिएर डर सिर्जना भईरहेका बेला नेपालको संसदसम्मले सजगता नअपनाएको भन्दै एक सांसादले संसद नै स्थगित गर्न माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसदले सावधानी नअपनाएको भन्दै संसदको बैठक बन्द गर्न माग गरेका हुन्।
‘कोरोना भाइरसले विश्वभरी त्रास फैलाएको छ, डाक्टरहरु यसको उपाय सचेतना नै हो भनिरहेका छन्,’ उनले भने, ‘भीडभाडमा नजानू, भोजभतेर नगर्नू त भनियो, तर हामी सांसदले कति सावधानी अपनाएका छौं।’ उनले भने ।
बैठकमा अन्य सांसदहरूले पनि कोरोनाको संक्रमणबाट बच्ने तयारीका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।






























