कांग्रेस सांसदले मागे प्रधानमन्त्री र वनमन्त्रीको राजीनामा
वि.सं.२०७६ फागुन २३ शुक्रवार १३:२४
shares

मुक्तिखबर,काठमाडौँ ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा एक कांगे्रस सांसदले प्रधानमन्त्री केपी शर्मा ओली र वन मन्त्री शक्ति बस्नेतको राजीनामा माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्रीको राजिनामा मागेका हुन् । उनले प्रधानमन्त्रीको स्वास्थ्यका साथै देशको पनि चिन्ता लागेको भन्दै भ्रष्टाचारी भाइरसले देशको मुटु, फोक्सो, कलेजो र नसामा पसेर आम जनताको रगत र पसिना चुसेकोमा चिन्ता लागेको बताए । उनले प्रधानमन्त्रीले आसेपासे भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै राजीनामा माग गरे ।
यसैबीच सांसद दिल कुमारीले वन मन्त्री शक्ति बस्नेतको राजीनामा माग गरेकी छिन् । उनले राजतन्त्र सकिएपनि मन्त्रालयमा राणाशासन रहेको उल्लेख गर्दै वन मन्त्रालयमा आफूमाथि दुर्व्र्यवहार भएको बताएकी छिन् ।
उनले मन्त्रीको स्वकीय सचिव र कर्मचारीले समानुपातिक कि प्रत्यक्ष निर्वाचित भनेर प्रश्न गरेको गुनासो गरेको बताइन् ।उनले वन मन्त्रीको राजीनामा माग गर्दै उनका स्वकीय सचिव धिरज उप्रेतीले हदैसम्मको अपमान गरेको बताइन् ।




























