आज १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

7.36K
shares

काठमाडौं । सन् १८८६ मा शुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ अमेरिकाको सिकागोबाट विश्व मजदुर दिवस मनाउन सुरु भएको हो। अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो। सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुर माथि व्यापक दमन गरेको थियो। प्रहरीले गोली हानेर सात मजदुरको मृत्यु भएको थियो।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो। नेपालमा समेत मजदुर संगठनले विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाउने गरेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083