मोदी भ्रमणको तयारीका लागि गृहमन्त्री बादल जनकपुरमा

वि.सं.२०७५ वैशाख १८ मंगलवार ११:१५
shares

गृहमन्त्री रामबहादुर थापा जनकपुरमा
जनकपुर। गृहमन्त्री रामबहादुर थापाले जनकपुर स्थित जानकी मन्दिर र १२ विघाको अनुगमन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण तयारीका लागि सुरक्षा व्यस्था बुझ्न गएका गृहमन्त्री थापाले त्यस स्थानको भ्रमण गरेका हुन् ।
भ्रमणमा थापा सँगै गृहसचिव देवकुमार राई, गृहप्रवक्ता रामकुष्ण सुवेदी र तीनवटै सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।
गृहमन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण राजनीतिक नभएर धार्मिक र साँस्कृतिक रहेको बताए । १२ विघाको अनुगमनका क्रममा उनले प्रधानमन्त्री मोदी जनकपुरको दर्शन गरेर मुक्तिनाथ जाने र त्यस पछि काठमाडौं आउने जानकारी दिए ।
प्रधानमन्त्री मोदीको जानकी मन्दिरको दर्शन पछि १२ विघामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । अभिनन्दन कार्यक्रममा एक लाख बढीको सहभागीता गराउने प्रदेश सरकारले तयारी गरेको छ ।