इजरायली राजदुतसंग प्रचण्डले भने-“कृषि उद्योगका लागि इजरायलसँग सहकार्य गर्न तयार छौँ”

7.24K
shares

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र इजरायलका राजदूत बोनी ओमेर बीच भेटवार्ता भएको छ। मंगलवार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा इजरायलले गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि उदाहरणिय हुने बताए।

‘नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकास बाट मात्र सम्भव छ र त्यसमा इजराजयको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ’, प्रचण्डको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ, ‘इजरायलको कृषि क्षेत्रको प्रगति हाम्रा लागि प्रेरणा स्रोत हुन्।’ प्रचण्डले कृषिमा आधारित उद्योगका लागि आफूहरू इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुक रहेको पनि बताए। ‘मौरीपालन, फलफूल र तरकारी  हाम्रा प्राथमिकतामा छन्। कृषि क्षेत्रमा हामी नेपाली किसानसँग सहकार्य गर्न इच्छुक रहेका छौ । इजरायलका राजदूत ओमेरले आफूहरू नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न तयार भएको बताए।

सिकौ र कमाऔं भन्ने नीति इजरायलको रहेको बताउँदै राजदूत ओमेरले नेपालमा व्यवसायिक तालिम केन्द्र खोल्न आफूहरू तत्पर रहेको धारणा समेत राखेका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083