खशोग्जी हत्या प्रकरणमा साउदीका राजकुमार सलमान दोषी : सिआइए

Nepal Life Insurance Long Ad

एजेन्सी । साउदी पत्रकार जमाल खशोग्जीको हत्या राजकुमार मोहम्मद बिन सलमानको निर्देशनमा भएको अमेरिकी गुप्तचर विभाग सिआइएले आरोप लगाएको छ। सिआइएले खशोग्जी हत्या प्रकरणमा राजकुमार सलमान दोषी भएको बताएको हो।

टर्कीस्थित साउदी वाणिज्य दूतावासमा गत अक्टोबरमा खशोग्जीको हत्या भएको थियो। अक्टोबर २ तारिखमा दूतावास पुगेका खशोग्जी बेपत्ता भएका थिए।

साउदी नागरिक खशोग्जी आफ्नो प्रेमिकासँग विवाह गर्न चाहान्थे। त्यसैकारण आफ्नो पत्नीसँगको सम्बन्ध बिच्छेदको कागजात लिन उनी टर्किस दूतावास गएका थिए। पहिले खशोग्जी बाहिर निस्केको बताउने दूतावासले पछि दूतावासमै झडपका क्रममा उनको मृत्यु भएको स्वीकार गरेको थियो।

गुप्तचर विभाग निकट स्रोतहरुले सलमानकै निर्देशनमा खशोग्जी हत्या प्रकरण भएको प्रमाणको विस्तृत मूल्यांकन गरिरहेको जनाएका छन्। सिआइएले यस्ता गम्भिर प्रकृतिका घटना घटाउन राजकुमारकै संलग्नता भएको हुनुपर्ने बताएको छ। तर साउदी अरेबियाले भने सिआइएको आरोपलाई अस्वीकार गरेको छ। साउदीले राजकुमार सलमानलाई यस प्रकरणको योजनाबारे जानकारी नभएको दाबी गरेको छ।

टर्कीले समेत यस हत्या प्रकरणमा उच्च व्यक्तिको संलग्नता भएको सुरुवातदेखि बताउँदै आएको छ। खशोग्जीको लाशभने अझै भेटिएको छैन।

किन मारिए खशोगी ?

कुनै समय साउदी राज परिवारसँग राम्रो सम्बन्ध भएका खशोग्जी र साउदीको सम्बन्धमा केही समययता चिसोपना छाएको थियो। साउदीका विभिन्न समाचार संस्थामा सम्पादकको भूमिका निभाइसकेका खशोग्जीले साउदी सरकारको सल्लाहाकारको रुपमा समेत काम गरेका थिए।

उनले आतंककारी नेता ओसामाबिन लादेनसँग समेत अन्तर्वार्ता लिएका थिए। गतवर्ष साउदी छाडेर अमेरिका पुगेका खशोग्जीले वासिङटन पोस्ट पत्रिकाबाट साउदी सरकारको नीति, राजकुमार मोहम्मदबिन सलमान, राजा सलमानको आलोचना गर्दै आएका थिए। उनले साउदीले आतंककारी समुहविरुद्ध कुनै कदम नचालेको समेत बताएका थिए। उनले गिरफ्तार हुने डरले साउदी छाडेको बताउँदै आएका थिए। साउदीको आलोचना गरेकै कारण खशोगीको हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

तर यस विषयलाई साउदी सरकारले भने अस्वीकार गर्दै आएको छ।


वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

२०८२ वैशाख ७ आइतवार

 काठमाडौँ। विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय...

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

२०८१ चैत २७ बुधवार

काठमाडौ । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

२०८१ साउन ४ शुक्रवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा...

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

२०८१ साउन ३ बिहीवार

काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा...

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

२०८१ असार ३० आइतवार

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले...