विश्वकै धनी यी दम्पतीले किन गर्दै छन् ‘सम्बन्धबिच्छेद’ ?

4.24K
shares

एजेन्सी । एमेजन कम्पनीका प्रमुख कार्यकारी जेफ बेजोसले उनकी पत्नी मक्केन्जीलाई २५ वर्षको वैवाहिक जीवनपछि पारपाचुके गर्दैछन् ।

ती दुई जनाले बुधवार ट्विटरमार्फत् एउटा संयुक्त वक्तव्य प्रकाशिथ गर्दै आफूहरूले सम्बन्धविच्छेद गर्न लागेको जानकारी दिएका हुन्। “लामो समयसम्म प्रेमपूर्वक रहने र केही समय टाढा बस्ने अनुभव गरेपछि हामी दुई जनाले एक अर्कासँग सम्बन्धविच्छेद गर्ने निर्णय गरेका छौँ। हामी दुवै असल साथीका रूपमा रहनेछौँ,“ वक्तव्यमा उल्लेख छ।

पच्चीस वर्षअघि स्थापित एमेजनले यसै साता माइक्रोसफ्टलाई उछिन्दै सबभन्दा मूल्यवान् कम्पनी बनेको छ। ब्लुम्बर्ग बिलेयनर इन्डेक्सका अनुसार एमेजनका संस्थापक ५४ वर्षीय बेजोस संसारकै सबभन्दा धनी व्यक्ति हुन्। उनको कुल सम्पत्ति १३७ अर्ब डलर बराबर रहेको अनुमान गरिएको छ। त्यो बिल गेट्ससँग भएको भन्दा ४५ अर्ब डलर बढी हो।

मक्केन्जी बेजोस ४८ वर्षकी छन्। उनी लेखिका पनि हुन्। उनले सन् २००५ मा ‘द टेस्टिङ अफ लुथर अल्ब्राइट’ तथा सन् २०१३ मा ‘ट्र्याप्स’ नामक उपन्यास लेखेकी छन् । वक्तव्यमा लेखिएको छ, “एकअर्काको साथ पाएकाले हामी दुवै जना आफूलाई एकदमै भाग्यमानी ठान्छौँ। विवाहपश्चात् हामी यति धेरै वर्ष सँगै बस्यौँ। हामी ती प्रत्येक वर्षका निम्ति हृदयदेखि नै आभारी छौँ।’

“पच्चीस वर्षपछि हाम्रो सम्बन्धविच्छेद हुन सक्छ भनेर यदि हामीलाई विवाह हुनुअगाडि नै थाहा भइदिएको भए पनि हामीले विवाह गर्ने थियौँ। दम्पतीको रूपमा हामीले एकदम राम्रो जीवन बाँचेका छौँ। साथै अभिभावक, मित्र, साझेदार वा व्यक्तिकै रूपमा पनि हाम्रो भावी जीवन गजबकै हुनेछ।’

गत वर्ष उनीहरूले डे वन फन्ड नामक एउटा परोपकारी परियोजना सुरु गरे जसको उद्देश्य कम आय भएका समुदायका निम्ति साना नानीहरूको विद्यालय बनाउनु तथा घरविहीन परिवारलाई सहयोग गर्नु रहेका छन्।

यी दुईका तीन छोरा र एक धर्मपुत्री छन्। अमेरिकी सञ्चारमाध्यमहरूले बेजोसको फक्स टीभीकी एक सञ्चालिका लरेन सान्चेजसँग प्रेमपूर्ण सम्बन्ध रहेको समाचार प्रकाशित गरेका छन्। सन् २०१३ मा मक्केन्जी ञ्जी बेजोसले भोग म्यागजिनसँग कुरा गर्दै उनले एउट हेज फन्डमा कामका लागि न्यूयोर्कमा उनलाईअन्तर्वार्ता दिने क्रममा जेफसँग पहिलो भेट भएको बताएकी थिइन्।

तीन महिनापछि उनीहरूले बिहे गरे। त्यसको एक वर्षपछि जेफले एमेजनको स्थापना गरे। त्यसयता उक्त कम्पनी ई९कमर्सको क्षेत्रमा अग्रणी बनेको छ। अमेरिकी स्टक बजारका पछिल्ला तथ्याङ्कअनुसार एमेजनको कुल मूल्य ७९७ अर्ब डलर पुगेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083