‘बहालवाला डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ
वि.सं.२०७५ पुस २७ शुक्रवार १७:०५
shares

काठमाडौँ । नेपाल प्रहरीको बहालवाला डिएसपी हुँ भन्दै ठगी गर्ने भक्तपुर बालकोटका ३५ वर्षीय अनिल थापा पक्राउ परेका छन् ।
उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शुक्रबार पुतली सडकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले प्रहरी प्रधान कार्यालय नक्सालस्थित चालचलन शाखाका प्रमुख डिएसपी भीमकिरण ढकाल हुँ भन्दै पुतली सडकस्थित तिरुपती होटलमा बसेर ठगी गरेका थिए ।
१४ दिनदेखि तिरुपतीको कोठा नं। २०३ मा बसेका उनले आफु महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा कार्यरत रहेको भन्दै विभिन्न युवतीलाई शारिरक शोषणसमेत गरेका थिए । सित्तैमा होलटमा बसेका ढकालले होटलवालालाई अनुसन्धानका लागि केही दिन अझै सोही कोठामा रहने बताएका थिए ।
विवाहित ढकालको १३ वर्षीय छोरा छन् । प्रहरीका अनुसार उनको श्रीमतीसँगको सम्वन्ध राम्रो छैन । घर जग्गाको करोबार गर्ने उनी दिउँसो भने भक्तपुरस्थित घरमा जाने र राती होटलमा आएर बस्ने गर्थे ।
































