भारतको जम्मु-काश्मिरमा गोली हानाहान, चार भारतीय सेनाको मृत्यु

4.47K
shares

दिल्ली। भारत प्रशासित जम्मु काश्मिरको पुलवामा जिल्लाको पिंगलेना क्षेत्रमा सोमबार भएको गोली हानाहानमा भारतीय सेनाका ४ जनाको मृत्यु भएको र थप १ जना घाइते भएका छन्। यो गोलाबारी अहिले पनि जारी रहेको बीबीसीले जनाएको छ।

प्रहरी प्रवक्ता मनोज कुमारका अनुसार विस्तृत घटनाक्रम आउन अझै समय लाग्नेछ। प्रहरी स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीले उग्रवादी लुकेको सूचना पाए पछि संयुक्त अपरेशन शुरु गरेको थियो।

सेनाले अपरेशन शुरु गरेलपछि उग्रवादीका तर्फबाट भएको गोली प्रहारमा भारतीय सेना मारिएका हुन्। केही दिन अघि मात्रै सोही क्षेत्र नजिक ४६ जना भारतीय सैनिक मारिएका थिए।